कारोबार


शुभश्री अग्नी सिमेन्टको आम्दानी साढे २ अर्ब

शुभश्री अग्नी सिमेन्टको आम्दानी साढे २ अर्ब

नेपालखबर
साउन २०, २०७९ शुक्रबार १९:३२, काठमाडौँ

शुभश्री अग्नी सिमेन्टले १ वर्षमा २ अर्ब ४६ करोड रुपैयाँको आम्दानी गरेको छ। 

कम्पनीले कोभिडको समयमा घठेको आफ्नो व्यापारलाई बढाएको हो। 

आर्थिक वर्ष २०७८/०७९ मा भने केही आम्दनी घट्ने देखिएको छ। गत जेठ मसान्तसम्म ११ महिनामा २ अर्ब १ करोडको आम्दानी गरेको छ। 

आर्थिक वर्ष २०७६/०७७ मा १ अर्ब ९३ रुपैयाँको सिमेन्ट विक्री गरेको कम्पनीले २०७७/०७८ मा १ अर्ब ९३ करोड रुपैयाँको विक्री गरेको छ। 

२०७५/०७६ मा कम्पनीले २ अर्ब ३२ करोड रुपैयाँको सिमेन्ट विक्री गरेको थियो। कम्पनीको नाफा भने उच्च रहेको छ। कर र ब्याजबाहेकको नाफा २०७७/०७८ मा २९.३० प्रतिशत रहेको छ। २०७६/०७७ मा ३५.९४ प्रतिशत नाफा रहेको थियो। 

२०१३ मा स्थापना भएको कम्पनीले दैनिक ७०० मेट्रिक टन क्लिकर र १२०० मेट्रिक टन ग्रेडिङ क्षमता रहेको छ। 

सिमेन्ट उद्योगका प्युठान र दाङमा २ वटा चुनढुंगा खानी रहेका छन्। कम्पनीका अध्यक्ष कृष्ण प्रसाद पोखरेल र प्रबन्ध निर्देशक तार प्रसाद पोखरेल रहेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .