कारोबार


बीमा कम्पनीका सेयरधनीले कमाए, नेप्से २२ सय नजिक

बीमा कम्पनीका सेयरधनीले कमाए, नेप्से २२ सय नजिक

नेपालखबर
साउन १५, २०७९ आइतबार १६:०, काठमाडौँ

सेयरबजारमा आज ४ अर्ब ६० करोड ९७ लाख ९१ हजार २ सय ७२ रुपैयाँको सेयर कारोबार भएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार २२० कम्पनीको १ करोड १३ लाख ३९ हजार ४ सय ७६ कित्ता सेयर बिक्री भएको हो। 

दिनभरिमा पहिलो कारोबार दिन ६७ हजार ७ सय ४० पटक कारोबार भएको थियो। 

११  बजे खुलेको बजार निरन्तर बढेसँगै नेप्से २१९५.१० विन्दुमा पुगेको छ। आज १३  उपसमूहमध्ये फाइनान्सको मात्रै रातो भएको छ। बाँकी सबै सूचकहरु हरियो छन्। 

आइतबार १२६ कम्पनीको सेयर बढेको छ भने ५१ कम्पनीको घटेको र ३ वटाको उही मूल्य कायम छ। 

आज १० कम्पनीका लगानीकर्ताले १० वा सोही प्रतिशत हाराहारीमा कमाएका छन्। 

नेपाल इन्स्योरेन्स कम्पनी, नेको इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, युनाइटेड आईडीआई मार्दी हाइड्रोपावर, स्वाभिमान लघुवित्त, युनाइटेड इन्स्योरेन्स कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र स्ट्यान्डर्ड चार्टर्ड बैंकका सेयरधनीले आज कमाएका छन्। 

गुमाउने लगानीकर्ताले पहिलो दिन ३.९४ प्रतिशतसम्म गुमाएको नेप्सेले जनाएको छ। आज सर्वाधिक कारोबारमा शिवम् सिमेन्ट अगाडि छ। कम्पनीको २१ करोडको सेयर कारोबार भएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .