ad ad

कारोबार


हेटौंडा सिमेन्टको महाप्रबन्धकमा पाण्डे, कोरियासँगको रोजगार समझदारीपत्र नवीकरण (मप बैठकका २३ निर्णय)

हेटौंडा सिमेन्टको महाप्रबन्धकमा पाण्डे, कोरियासँगको रोजगार समझदारीपत्र नवीकरण (मप बैठकका २३ निर्णय)

फाइल तस्बिर


नेपालखबर
चैत २५, २०७८ शुक्रबार १२:५०, काठमाडौँ

सरकारले हेटौंडा सिमेन्टको महाप्रबन्धक पदमा वसन्त कुमार पाण्डेलाई नियुक्त गरेको छ। यही २४ गते बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेलाई महाप्रबन्धकमा नियुक्त गरेको हो। 

त्यसैगरी मन्त्रिपरिषद् बैठकले दक्षिण कोरियासँगको रोजगार अनुमति प्रणाली ईपीएस मार्फत कोरियामा नेपाली युवालाई रोजगारीका लागि पठाउनेसम्बन्धी समझदारीपत्रको नवीकरण समेत गरेको छ। 

यी हुन् २४ गतेको बैठकका निर्णय 

  • हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा वसन्त कुमार पाण्डेलाई नियुक्त गरिएको छ। 
  • बूढीगण्डकी जलविद्युत् आयोजना सम्बन्धी नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७५ असोज ५ गते भएको निर्णय खारेज गर्ने।
  • अमलेखगन्ज सबस्टेसनको लागि जग्गाप्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने । 
  • पश्चिम सेती करिडोर ४०० केभी प्रसारणलाइन आयोजना को लागि जग्गाप्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने। 
  • लाठीनाथ ३३ केभी प्रसारणलाइन तथा सबस्टेसनको लागि जग्गाप्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने। 
  • श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत विराटनगर ओखलढुंगा इजलासका माननीय न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने। 
  • काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन २०४५ को दफा २३ बमोजिमको पुनरावेदन समितिको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्ने गरी उच्च अदालत पाटनका माननीय न्यायाधीश श्री महेश शर्मा पौडेललाई तोक्ने। 
  • राजस्व न्यायाधिकरण पोखराको कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पोखराका माननीय न्यायाधीश श्री रमेश प्रसाद भण्डारीलाई तोक्ने। 
  • वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्ष पदमा उच्च अदालत जनकपुर वीरगन्ज इजलासका माननीय न्यायाधीश श्री डा. रवि शर्मा अर्याललाई तोक्ने। 
  • भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन २०७२ को दफा २६ को उपदफा २ बमोजिमको पुनरावेदन समितिको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्ने गरी उच्च अदालत पाटनका माननीय न्यायाधीश श्री बालेन्द्र रुपाखेतीलाई तोक्ने। 
  • सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको काम समेत गर्ने गरी उच्च अदालत पाटनका माननीय न्यायाधीश श्री महेशप्रसाद पुडासैनीलाई तोक्ने। 
  • याक आनुवांशिक अनुसन्धान केन्द्र सोलुखुम्बुमा याक नाक चरणको लागि करिब १० रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिने ।
  • सुन्दरीजलस्थित सुरुङको प्रवेशद्वारनजिक उपयुक्त स्थानमा सन्तनेता एवं पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको शालिक र शिलापत्र राख्न स्वीकृति प्रदान गर्ने। 
  • विभिन्न २० देशका लागि राजदूत नियुक्तिका लागि सिफारिस गर्ने । 
  • समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिका अध्यक्षमा प्रशासकीय अदालतका पूर्वअध्यक्ष श्री काशीराज दाहाल र सदस्यमा केशवराज आचार्यलाई नियुक्ति तथा मनोनयन गर्ने।
  • २०७९ वैशाख १७ देखि १८ गतेसम्म अमेरिकाको कोलोराडोमा आयोजना हुने रक्की माउन्टेन च्याम्पियनशिप २०२२ कार्यक्रममा माननीय युवा तथा खेलकुदमन्त्रीज्यूको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने । 
  • हिदीखोला जलविद्युत् आयोजना इन्टेक र अडिट तथा पावरहाउसलगायत भौतिक पूर्वाधार निर्माण गर्न लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका ६ र ७ मा रहेको राष्ट्रिय वन ४.२८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृत प्रदान गर्ने । 
  • विदुषी योगमाया आयुर्वेदिक विश्वविद्यालयको पूर्वाधार निर्माणका लागि संखुवासभा खाँदबारी नगरपालिका ९ र भोजपुर जिल्ला षडानन्द नगरपालिका ६ मा पर्ने जग्गा  प्राप्त गरी उक्त जग्गामा विश्वविद्यालयको भवन तथा अन्य पूर्वाधार संरचना निर्माणका लागि निर्माणस्थल तोक्ने। 
  • रोजगार अनुमति प्रणाली ईपीएसमार्फत नेपाली नागरिकलाई रोजगारीका लागि दक्षिण कोरिया पठाउनेसम्बन्धी समझदारी पत्र नवीकरण गर्ने ।  
  • दक्षिण अफ्रिकाको डार्बानमा १–६ जेठ २०७९ मा आयोजना हुने फिप्थ ग्लोबल कन्फरेन्स अन एलिमिनेसन अफ चाइल्ड लेबर सम्मेलनमा माननीय श्रममन्त्रीको नेतृत्वमा जाने प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिने। 
  • नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी समितिको सदस्यमा रञ्जनकृष्ण अर्याल काठमाडौं र प्रा भगवानदास मानन्धर काठमाडौंलाई मनोनयन गर्ने। 
  • नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्धनिर्देशकमा सुनिल पौडेललाई नियुक्त गर्ने। 
  • ज्येष्ठ नागरिकलाई विशिष्ट प्रकारको स्वास्थ्य सेवा उपलब्ध गराउन विशेषज्ञ सेवासहित एक ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .