कारोबार


१४ वर्षमा पनि बनेन कमला नदीमा पुल

डुंगामा मोटरसाइकलको १ सय, व्यक्तिको ५० रुपैयाँ भाडा
१४ वर्षमा पनि बनेन कमला नदीमा पुल

नेपालखबर
साउन २८, २०८२ बुधबार ११:५७, सिराहा

सिरहा र धनुषाा जिल्लालाई जोड्न कमला नदीमा २०६८ सालमा निर्माण सुरू भएको पक्की पुल अझै अधुरो छ।

तीन वर्षमा सम्पन्न गर्ने भनिएको पुल १४ वर्षमा पनि पूरा नहुँदा सिराहा र धनुषाका सर्वसाधारण वर्षायाममा अधिक प्रभावित हुने गरेका छन्। अहिले उनीहरूको एकमात्र सहारा डुङ्गा बनेको छ। 

सिरहा नगरपालिका–५ का वासुदेव यादव दैनिक गाईवस्तुलाई घाँसपात गर्न नदीपारि जाने गर्छन्। हरेक वर्षासँगै डराइडराई नदीपार गर्नुपर्ने उनकाे दैनिकी छ। ‘पानी बढेपछि डुङ्गा चढ्न पनि डर लाग्छ, तर विकल्प छैन’, उनले भने।

यहाँ वर्षायामबाहेक अरु बेला काठको सानो पुल प्रयोग हुने गरेको छ। तर बर्खासँगै आएको बाढीले काठको पुल बगाएपछि अब डुङ्गामात्रै एक विकल्प बनेको छ। नदीपार गर्न हुलाकी सडक प्रयोग गर्ने यात्रीलाई डुङ्गा प्रयोग वापत प्रतिमोटरसाइकल रु १०० र प्रतिव्यक्ति रु ५० तिर्नुपर्ने बाध्यता छ।

कमलामा स्थायी पुल अभावको प्रत्यक्ष असर स्वास्थ्य सेवामा परेकाे छ। सिरहा अस्पतालबाट जनकपुर ‘रेफर’ गरिएका बिरामीलाई घुमाउरो बाटो भएर जानुपर्ने बाध्यता छ।

प्रादेशिक अस्पतालका ‘मेडिकल सुपरिटेन्डेन्ट’ डा.सुनिलप्रसाद कुशवाहाका अनुसार पारिपट्टि नदी सिमानाका धनुषावासी बिरामीका लागि नजिक भए पनि उनीहरू जनकपुरसम्म जानुपर्ने बाध्यता छ। नदीवारि कोही गम्भीर प्रकृतिका बिरामीका लागि लामो र घुमाउरो बाटोबाट ढिला गरी लैजाँदा बाटैमा मृत्यु हुनसक्ने सम्भावना छ।

सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवले पुल नहुँदा पैदलयात्रीले बाँसको फड्के वा डुङ्गाबाट नदीपार गर्नुपर्ने वाध्यता रहेकाे बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad