कारोबार


वीरगन्ज नाकाबाट आयात–निर्यात दुवै घट्यो

वीरगन्ज नाकाबाट आयात–निर्यात दुवै घट्यो

फाइल तस्बिर


नेपालखबर
कात्तिक ११, २०८१ आइतबार १३:२२, वीरगन्ज

वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको तीन महिनामा आयात र निर्यात दुवै घटेको छ।

चालु आवको तीन महिनामा रु एक खर्ब ४३ अर्ब ९१ करोड ६६ लाख पाँच हजार बराबरका मालसामान आयात भएका छन् । गत आवको सोही अवधिमा भएको आयातमा छ दशमलव ४३ प्रतिशतले कमी भएको भन्सार कार्यालयले जनाएको छ। 

गत आवको सोही अवधिमा रु एक खर्ब ५३ अर्ब ८० करोड ६३ लाख २१ हजार बराबरका सामान आयात भएका थिए। 

प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार चालु आवको तीन महिनामा वर्षाका कारण आयातमा केही कमी आएको हो । तीन महिनामा समग्रमा राजस्व सङ्कलन भने बढेको छ। 

चालु आवको तीन महिनामा वीरगञ्जबाट रु सात अर्ब ७६ करोड ३० लाख ५२ हजार मूल्य बराबरका उत्पादन विदेश निर्यात भएका छन्। गत आवको सोही अवधिमा रु आठ अर्ब ४६ करोड ७४ लाख ३४ हजार मूल्य बराबरका सामान निर्यात भएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad