कारोबार


लुम्बिनी प्रदेश सरकारले ल्यायो ३८ अर्ब ९१ करोडको बजेट (पूर्णपाठ)

लुम्बिनी प्रदेश सरकारले ल्यायो ३८ अर्ब ९१ करोडको बजेट (पूर्णपाठ)

नेपालखबर
असार १, २०८२ आइतबार १९:५, काठमाडौँ

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३का लागि ३८ अर्ब ९१ करोड विनियोजन गरेकाे छ। 

प्रदेश अर्थमन्त्री धनेन्द्र कार्कीले चालूतर्फ १२ अर्ब १ करोड र पुँजीगततर्फ २३ अर्ब ४७ करोड रुपैयाँ विनियोजन गरेका हुन्। 

वित्तीय हस्तान्तरतर्फ ३ अर्ब ४२ करोड रुपैयाँ छुट्याइएको छ। लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८१/८२ का लागि ३८ अर्ब ९७ करोडको बजेट ल्याएको थियो।

कुल विनियोजनमध्ये चालूतर्फ ११ अर्ब २४ करोड र पुँजीगततर्फ २४ अर्ब ५८ करोड छ भने वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड बजेट ल्याएको थियो। २०८०/०८१ मा प्रदेश सरकारले ४० अर्ब ४७ करोडको बजेट ल्याएको थियो।

मन्त्री कार्कीले आगामी वर्ष गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा पाइला टेक भन्ने अभियान सञ्चालन गर्न बजेट विनियोजन गरेको छ। 

लुम्बिनीमा पर्ने मध्यपहाडी राजमार्ग र मदनभण्डारी राजमार्गको छेउमा बस्ती विकासको सम्भाव्यता अध्ययन गर्ने भएको छ। 

कृषकका गरा सधै हराभरा भन्ने नारा राख्दै सिँचाइको सुविधा पुर्‍याउने भएको छ। भौतिक पूर्वाधारतर्फ आगामी वर्ष लुम्बिनीमा २०० किमि कालोपत्रे सडक र ३० वटा मोटरेबल पुल निर्माण गरिने उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad