ad ad

कारोबार


नेपालगन्ज–गुलरिया सडक: ६५ प्रतिशत कालोपत्र

नेपालगन्ज–गुलरिया सडक: ६५ प्रतिशत कालोपत्र

नेपालखबर
जेठ १०, २०८१ बिहिबार ९:२७, बाँके

हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगन्ज गुलरिया सडक खण्डको ६५ प्रतिशत काम सकिएको छ। नेपालगन्जको नन्दनी मिलदेखि खजुरासम्म सडकमा कालोपत्रको काम पूरा भएको हो।

नेपालगञ्जस्थित हुलाकी राजमार्ग निर्देशनालय कार्यालयका सूचना अधिकारी इञ्जिनियर कृष्ण पाण्डेका अनुसार एघार दशमलव ६ किलोमिटर चार लेन र सोह्र दशमलव दुई किलोमिटर दुई लेन गरी सत्ताइस दशमलव ६२ किलोमिटर सडक विस्तार २०८२ मंसिर २७ गतेभित्रमा सम्पन्न गर्ने गरी २०७९ माघ १५ गतेदेखि निर्माण थालिएको थियो।

शर्मा एण्ड कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक रु दुई अर्ब ७८ करोड २९ लाख निर्माणको ठेक्का जिम्मा पाएको हो।

नन्दनी मिलदेखि सुरू भएको कालोपत्रको काम जानकी गाउँपालिका हुँदै खजुरा गाउँपालिका क्षेत्रमा धमाधम जारी छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .