कारोबार


मेची भन्सारबाट ६ महिनामा दुई अर्ब ९६ करोडको चिया निर्यात

मेची भन्सारबाट ६ महिनामा दुई अर्ब ९६ करोडको चिया निर्यात

फाइल तस्बिर


नेपालखबर
माघ ८, २०८१ मंगलबार ९:३७, झापा

झापाकाे मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा चिया निर्यात ५५.७० प्रतिशतले बढेको छ। कार्यालयको तथ्यांकअनुसार (साउन–पुस) सम्ममा दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार रुपैयाँको चिया निर्यात भएको छ। 

यही अवधिमा ११ हजार २३२.२७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए। गत आव २०८०र८१ को सोही अवधिमा एक अर्ब ९० करोड पाँच लाख छ हजार बराबरको चिया निर्यात भएको थियो। 

भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपाली चियाको निर्यात सुखद् पक्ष रहेको चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले बताए। चिया निर्यातमा नेपाल सरकारले सहजीकरण गरिदिने हो भने भारतमा माग बढेकाले चियाको निर्यात अझै बढ्ने अध्यक्ष पराजुलीको दाबी छ।

कार्यालयको तथ्याङ्कानुसार चालु आव २०८१/८२ को पुस मसान्तसम्म अलैँचीको निर्यात १६.७ प्रतिशतले बढेको छ। चालु आवको छ महिनामा चार अर्ब ५५ करोड ७० लाख ६९ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ। गत आव २०८०/८१ को यही अवधिमा तीन अर्ब ९० करोड ५८ लाख ०६ हजार रुपैयाँको अलैँची निर्यात भएको थियो।

कार्यालयको तथ्यांकअनुसार प्लाइ उड २७.९०, सिमेन्ट क्लिङ्कर चार हजार १४१, भेनियर सिटको निर्यात २३६ प्रतिशतले वृद्धि भएको छ। यसैगरी फलामे पाता, छुर्पी, अदुवा, काउली, बन्दागोपी, ब्रोकाउली, फलामलगायत वस्तुको निर्यातमा कमी आएको छ। 

पूर्वी नाकामा रहेको मेची भन्सारबाट चालु आवको छ महिनामा  १३ अर्ब ८४ करोड चार लाख ३९ हजार रुपैयाँको वस्तु निर्यात भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad