कारोबार


माओवादीको असहमतिपछि आधा रातमा कर्णालीले ल्यायो ३२ अर्ब ९९ करोडको बजेट (पूर्णपाठ)

माओवादीको असहमतिपछि आधा रातमा कर्णालीले ल्यायो ३२ अर्ब ९९ करोडको बजेट (पूर्णपाठ)

दिनेश बुढा
असार २, २०८२ सोमबार ३:५, सुर्खेत

कर्णाली प्रदेश सरकारले मध्यराति ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ।

आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले बजेट मध्यराति प्रदेशसभामा प्रस्तुत गरेका हुन्। 

असार १ गते दिउँसो ३ बजे बस्ने भनिएको प्रदेश सभा बैठक सत्ता पक्ष र प्रतिपक्षबीच विवाद भएपछि बजेट भाषण राति १२ बज्नु केही समय अगाडिबाट सुरु भएको हो।

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट ल्याएको हो।

कुल विनियोजनमध्ये चालूतर्फ ७ अर्ब ७९ करोड ९१ लाख १ हजार अर्थात् २३.६४ प्रतिशत र पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार अर्थात् ६०.५५ प्रतिशत बजेट विनियोजन भएको छ। 

यस्तै, वित्तीय व्यवस्थातर्फ ६१ करोड ५० लाख अर्थात् १.८६ प्रतिशत र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ५९ करोड ९८ लाख ४१ हजार अर्थात् १३.९५ प्रतिशत विनियोजन गरेको आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाहले बताए। 

आगामी आर्थिक वर्षमा प्रस्ताव गरिएका नीति, कार्यक्रम तथा आयोजनाहरू कार्यान्वयन गर्न चालू आर्थिक वर्षको बजेट विनियोजनको तुलनामा ५ प्रतिशतले वृद्धि भएको छ। 

असार १ गते राति १२ बजेभित्रै बजेट ल्याउनुपर्ने कानुनी व्यवस्थाअनुसार दलहरुबीच सहमति जुटाएर कर्णाली सरकारले प्रदेश सभामा बजेट पेस गरेको हो। 

दिनभर दलहरूबीच सहमति जुट्न नसक्दा कर्णालीमा बजेट सार्वजनिक हुनसकेको थिएन।

सरकारले आगामी आर्थिक वर्षको बजेट भौतिक पूर्वाधार, कृषि, पर्यटन तथा उद्योगमा जोड दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad