ad ad

कारोबार


कुल गाह्रस्थ उत्पादनमा कर्णालीको योगदान ४ प्रतिशत, प्रतिव्यक्ति आय ९९७ डलरमात्रै

कुल गाह्रस्थ उत्पादनमा कर्णालीको योगदान ४ प्रतिशत, प्रतिव्यक्ति आय ९९७ डलरमात्रै

नेपालखबर
जेठ ५, २०८० शुक्रबार १२:२८, सुर्खेत

राष्ट्रिय कुल गाह्रस्थ उत्पादन (आर्थिक योगदान) मा कर्णाली प्रदेशको योगदान कुल ४ प्रतिशत मात्र रहेको छ। 

आर्थिक गतिविधि कम हुँदा प्रदेशको योगदान कम भएको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ। 

राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार आर्थिक वर्ष २०७९/०८० को प्रादेशिक राष्ट्रिय लेखा अनुगमन सार्वजनिक गरेको छ। 

उक्त तथ्याङ्कअनुसार कर्णाली प्रदेशको कुल गाह्रस्थ उत्पादन अन्य प्रदेशको भन्दा कमजोर देखाएको छ।

राष्ट्रिय तथ्यांक विभागका निर्देशक पदमराज गिरीले कर्णाली प्रदेशको कुल जनसंख्याको आधारमा आर्थिक योगदान कम भएको बताए। 

उनले भने, ‘प्रदेशको कुल जनसंख्याको आधारमा कर्णालीको योगदान ६ प्रतिशत हुनुपर्छ। तर, त्यसो हुन सकेन। कर्णालीको योग्दान ४ प्रतिशत मात्रै रहेको छ।’

निर्देशक पाण्डेकाअनुसार  चालु आर्थिक वर्षमा कर्णालीको कुल गाह्रस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब दुई खर्ब २१ अर्ब हुने अनुमान राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको छ। गत आर्थिक वर्षमा कर्णालीको कुल गाह्रस्थ उत्पादन संशोधित अनुमान दुई खर्व एक अर्ब थियो। 

यस्तै, कर्णाली प्रदेशमा गत आर्थिक वर्षमा राष्ट्रिय तहमा कुल गाह्रस्थ उत्पादनको ४.१ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले यस आर्थिक वर्षमा पनि ४.१ प्रतिशत योग्दान पुर्‍याउने अनुमान छ।

गत वर्षको कुल गाह्रस्थ उत्पादनको वृद्धि दर ५.३२ प्रतिशत थियो। तर, यस आर्थिक वर्षमा संकुचन आई १.९१ प्रतिशत रहने अनुमान तथ्याङ्क कार्यालयको रहेको छ। 

यस्तै, कर्णालीको बृहत् आर्थिक क्षेत्रमा कृषिको योगदान ३१ प्रतिशत, उद्योगको १० प्रतिशत र सेवा क्षेत्रको योगदान ५९ प्रतिशत रहेको छ भने कर्णालीको आर्थिक योगदान बढाउन कृषि क्षेत्रको उत्पादन र औद्योगिक क्षेत्रको विकासमा जोड दिनुपर्ने देखिन्छ।

प्रदेशमा आर्थिक गतिविधि नहुँदा प्रदेशको अर्थतन्त्र परनिर्भर देखिन्छ। राष्ट्रिय गाह्रस्तमा कर्णालीको योगदानमा हाल सेवा क्षेत्रमात्र देखिन्छ।

त्यस्तै कर्णाली प्रदेशको प्रतिव्यक्ति आय पनि एक हजार अमेरिक डलर भन्दा कम छ। अनुमानि सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा कर्णालीका नागरिकको प्रतिव्यक्ति आम्दानी ९ सय ९७ कमेरिकी डलर मात्रै हुने अनुमान गरिएको छ।

तथ्यांक कार्यालय सुर्खेतका प्रमुख दानबहादुर ऐडीले २०२१/२२ देखि कर्णालीमा भएका आर्थिक गतिविधिको प्रदेशस्तरको हकमा ०७५/७६ देखि सुरू गरिएको जानकारी दिए। 

कार्यक्रममा बोल्दै कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र बहादुर शाहीले प्रदेशको अर्थतन्त्र उत्पादनमुखी नहुँदा राष्ट्रिय योगदान कमजोर रहेको बताए।  

प्रदेशको अनुमानि प्रतिव्यक्ति आय लक्ष्य अनुसार हाँसिल गर्न अपेक्षा रहेको बताउँदै प्रदेशको पञ्चवर्षीय योजनामा २१ सय उमेरिक डलर राखेकोमा यसलाई घटाएर ११ सय ४० मा झारेको उल्लेख गरे। 

‘हामीले निर्धारण गरेको लक्ष्य अनुसार अबको एक वर्षभित्र लक्ष्य नजिक पुग्ने छौँ। कर्णालीमा बजेट खर्च बढाउन सकेमात्र आर्थिक योगदान बढाउन सकिन्छ। जसको लागि कर्णाली सरकारले बर्षेनी ७० देखि ८० प्रतिशत बजेट कार्यान्वयन गर्न सक्नुपर्छ। हालसम्म हेर्दा ६५ प्रतिशत भन्दा माथी खर्च भएको देखिँदैन’, उनले भने। 

उनले कर्णालीमा उत्पादित स्रोत साधनको सही प्रयोग भए प्रदेशमा आर्थिक अवस्थामा उल्लेखनीय सुधार ल्याउन र कर्णालीमा आर्थिक विकासका लागि धेरै नयाँ सम्भावना रहेको उल्लेख गरे।

कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्यामकृष्ण थापाले तथ्यांक विभागकै डाटालाई आधार मानेर प्रदेशले योजना बनाई त्यहीअनुसार लगानी गर्ने बताए। 

उनले भने, ‘हामी नयाँ नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि यस्ता तथ्याङ्कहरूले महत्वपूर्ण भूमिका खेल्ने छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .