कारोबार


एकै दिन तोलामा २७ सय घट्यो सुनको मूल्य, आज कतिमा भइरहेको छ कारोबार?

एकै दिन तोलामा २७ सय घट्यो सुनको मूल्य, आज कतिमा भइरहेको छ कारोबार?

नेपालखबर
बैशाख १९, २०८१ बुधबार ११:४५, काठमाडौँ

सुनको मूल्यमा आज (बुधबार) उच्च गिरावट आएको छ। 

मंगलबार स्थिर रहेको सुनको मूल्य आज तोलामा २ हजार ७ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

आज छापावाल सुनको मूल्य १ लाख ३४ हजार ५ सय निर्धारण भएको छ। हिजो छापावाल सुन १ लाख ३७ हजार २ सयमा कारोबार भएको थियो। 

आज तेजावी सुन एक लाख ३३ हजार ६५० मा कारोबार भइरहेको महासंघले जनाएको छ। 

आज जाँदीको मूल्य पनि तोलमा २० रुपैयाँ घटेको छ। आज चाँदी १ हजार ६३० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य १ हजार ६ सय ५० रुपैयाँ थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .