ad ad

कारोबार


तोलाकै डेढ लाख पुग्यो सुन, हालसम्मकै उच्च मूल्य

तोलाकै डेढ लाख पुग्यो सुन, हालसम्मकै उच्च मूल्य

नेपालखबर
साउन २१, २०८१ सोमबार ११:४४, काठमाडौँ

सुनको मूल्यले हालसम्मकै उच्च कीर्तिमान बनाएको छ। 

गत शुक्रबार १ लाख ४९ हजार ९ सय पुगेर आइतबार १ लाख ४९ हजार ७ सय रुपैयाँमा झरेको सुनको मूल्य सोमबार तोलाकै डेढ लाख रुपैयाँ पुगेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो नै हालसम्मको उच्च मूल्य हो। 

आज चाँदीको मूल्य भने स्थिर छ। चाँदी प्रतितोला १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। 

अन्तर्राष्ट्रिय बजारमा चाँदी २८ अमेरिकी डलर र सुन २ हजार ४ सय ३६ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .