सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ।
बिहीबार १ लाख २५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार १ लाख २५ हजार ४ सय रुपैयाँमा झरेको हो।
त्यस्तै अघिल्लो दिन १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज १ लाख २४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ।
तर चाँदीको मूल्यमा भने फेरबदल भएको छैन। शुक्रबार पनि चाँदी १ हजार ५ सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
321
Shares
प्रतिक्रिया