सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६ सय रुपैयाँ सस्तो भएको हो।
योसँगै आइतबार छापावाल सुन १ लाख १८ हजार ९ सय र तेजाबी सुन १ लाख १८ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको छ।
यता चाँदीको मूल्य पनि २० रुपैयाँ प्रतितोला सस्तो भएको छ। योसँगै आज चाँदी १ हजार ३ सय ९५ रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २ हजार ३९ अमेरिकी डलरमा कारोबार भइरहेको एजेन्सीहरुले जनाएका छन्।
36
Shares
प्रतिक्रिया