कारोबार


ट्रम्पले विधेयकमा हस्ताक्षर गरेसँगै अन्त्य भयो अमेरिकी इतिहासकै लामो ‘सटडाउन’

ट्रम्पले विधेयकमा हस्ताक्षर गरेसँगै अन्त्य भयो अमेरिकी इतिहासकै लामो ‘सटडाउन’

नेपालखबर
कात्तिक २७, २०८२ बिहिबार १२:४२, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार देशकै इतिहासको सबैभन्दा लामो सटडाउन (सरकारी बन्द) अन्त्य गर्ने विधेयकमा हस्ताक्षर गरेका छन्।

हस्ताक्षरसँगै ४३ दिनदेखि बन्द अमेरिकाको सरकार खुलेको छ।

बुधबार 'हाउस अफ रिप्रेजेन्टेटिभ' (प्रतिनिधि सभा) बाट २२२-२०९ को मतले पारित विधेयकमा राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेका हुन्। यसअघि यो विधेयक सिनेटबाट पारित भएको थियो। प्रतिनिधि सभा अमेरिकी कंग्रेस (संसद्‌) को तल्लो सदन हो भने सिनेट माथिल्लो सदन हो।

हस्ताक्षरपछि ओभल अफिसमा ट्रम्पले भने, ‘सरकारले अब आफ्ना कामकाज पुन: सामान्य रूपमा सुरु गर्नेछ।’

यस्तै उनले सटडाउनका कारण ४३ दिनदेखि नागरिक मारमा परेको बताए। 

अमेरिकामा धेरै सरकारी सेवा गत अक्टोबरदेखि बन्द थिए। 

यस अवधिमा लगभग १४ लाख संघीय कर्मचारी कि बिदामा थिए कि तलबबिना काम गरिरहेका थिए।

खाद्य सहायता कार्यक्रम तथा देशभर हवाई यात्रा अवरुद्ध भएका थिए। 

अब सरकारीलगायत सबै सेवाहरू पुनः सुरु हुने अपेक्षा गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad