जनार्दन शर्मा नेतृत्वको ‘प्रगतिशील राष्ट्रिय अभियान’ले आज आफ्नो कार्ययोजना सार्वजनिक गर्ने भएको छ।
बिहीबार दिउँसो २ बजे संवाद डबली, अनामनगर काठमाडौँमा पत्रकार सम्मेलन गरेर अभियानको कार्ययोजना र प्रदेश प्रमुख सार्वजनिक गर्न लागिएको शर्माले जानकारी दिएका छन्।
तत्कालीन नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका शर्मा यतिबेला नयाँ अभियानमा क्रियाशील भएका छन्।
माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका ११ कम्युनिस्ट घटक यही कात्तीक १९ गते एकीकृत भएर नेपाली कम्युनिस्ट पार्टी निर्माण गरेपछि शर्मासहितका केही नेताले प्रचण्डको साथ छाडेका छन्।
909
Shares

प्रतिक्रिया