कारोबार


चीनसँग रिसाउँदै ट्रम्पको घोषणा: नोभेम्बर १ देखि थप १०० प्रतिशत कर लिन्छौँ

चीनसँग रिसाउँदै ट्रम्पको घोषणा: नोभेम्बर १ देखि थप १०० प्रतिशत कर लिन्छौँ

फाइल तस्बिर : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङ


नेपालखबर
असोज २५, २०८२ शनिबार ७:५६, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर १ देखि चीनबाट हुने आयातमा थप सय प्रतिशत भन्सार कर लगाउने घोषणा गरेका छन्।

ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले अमेरिकाले आवश्यक सफ्टवेयर निर्यात पनि नियन्त्रण गर्ने बताएका छन्।

यस हप्ता चीनले दुर्लभ पृथ्वी तत्त्व निर्यातमा नियन्त्रण कडा पारेको छ।

शुक्रबार ट्रम्पले चीनलाई ‘धेरै शत्रुतापूर्ण’ मनोवृत्ति अपनाएको र विश्वलाई ‘अधीनमा’ राख्न खोजेको आरोप लगाए।

ट्रम्पले चीनका राष्ट्रपति सी चिनफिङसँगको आफ्नो बैठकबाट पछि हट्ने चेतावनी पनि दिएका छन्। यद्यपि उनले यसलाई रद्द गरिसकेका छैनन्।

बीबीसीका अनुसार ट्रम्पको टिप्पणीपछि सेयर बजारमा गिरावट आएको छ।

चीनले विश्वको दुर्लभ पृथ्वी खनिजको लगभग ९० प्रतिशत प्रशोधन गर्छ, जुन सौर्य प्यानलदेखि स्मार्टफोनसम्म सबै कुरामा प्रयोग गरिन्छ।

दुर्लभ पृथ्वी खनिज १७ धातु तत्त्वको समूह हो, जुन धेरै उच्च-प्रविधि उत्पादनका लागि आवश्यक छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad