नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि बैठक सुरु हुने कांग्रेसले जनाएको छ।
गएको बिहीबारदेखि कांग्रेस पदाधिकारी बैठक निरन्तर बसिरहेको छ। पदाधिकारी बैठकले यही असोज २६ गतेदेखि सुरु हुने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको एजेण्डा टुङ्गो लगाउने बताइएको छ।
जेन–जीको आन्दोलनपछि फागुन २१ गते चुनाव गराउने म्यान्डेट दिएर सुशीला कार्कीको नेतृत्वमा सरकार बनेको छ।
कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा कतिपय नेताले भने बैठकमा चुनावमा जाने वातावरण नभएको बताएका छन्।
81
Shares

प्रतिक्रिया