म्याग्दीको मालिका गाउँपालिका– ३ लुक्सीपारमा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानी आयोजना निर्माण गरिएको छ।
३९ लाख २३ हजार रुपैयाँ खर्च गरेर खानेपानी आयोजना निर्माण सम्पन्न भएको हो। आयोजनाबाट करिब ४०० जना लाभान्वित भएका छन्।
नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को १७ लाख ७४ हजार ७२९, मालिका गाउँपालिकाको नौ लाख ९५ हजार ५०९ र उपभोक्ताको ११ लाख ५३ हजार २५० बराबरको श्रमदानमा आयोजना सम्पन्न भएको नेवाका प्राविधिक रुपक थापाले जानकारी दिए।
मालिका गाउँपालिका र नेवाको साझेदारीमा चालु आर्थिक वर्ष २०८१–०८२ मा मालिका गाउँपालिका– ३ मा पात्ले, लुक्सीपार र डाँडागाउँमा तीन वटा खानेपानी योजना निर्माण भएका छन्।
ती योजनाहरुबाट ४०० परिवार लाभान्वित भएका वडाध्यक्ष मोतीप्रसाद बुढाले बताए। डाँडागाउँ, किटेनी, औल, सराग्दी, स्यागलुङ, पात्ले र लुक्सीपार टोलमा खानेपानी सुविधा विस्तार भएको उनको भनाइ छ। रासस
Shares

प्रतिक्रिया