कारोबार


उदयपुर सिमेन्टको गेटमा उभिएर बालेनले भने– उद्योगहरु देशको मेरुदण्ड हुन्

उदयपुर सिमेन्टको गेटमा उभिएर बालेनले भने– उद्योगहरु देशको मेरुदण्ड हुन्

नेपालखबर
माघ २२, २०८२ बिहिबार १२:३२, काठमाडौँ

काठमाडौं महानगरपालिकाका पूर्वमेयर एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले उद्योगहरु देशको मेरुदण्ड रहेको बताएका छन्। 

उदयपुर सिमेन्ट उद्योगको गेटअगाडि उभिएर खिचेको फोटो सेयर गर्दै उनले उद्योगहरुको विकासले देशमा रोजगारीको अवसर सिर्जना हुने उल्लेख गरेका छन्। 

‘उद्योगहरुको विकासले देशमा रोजगारीको अवसर सिर्जना हुने, राष्ट्रिय आय बण्ढाउन सहयोग गर्ने, साथै देशको आर्थिक समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्छ’, उनले भनेका छन्, ‘उदयपुर सिमेन्टजस्तो उद्योगलाई राज्यले संरक्षण तथा प्रवर्द्धन गर्नुपर्छ।’ 

उदयपुर सिमेन्ट उद्योगमा क्लिंकर खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महाप्रबन्धक रहेका सुरेन्द्र कुमार पौडेलसहित ८ जनाविरुद्ध क्लिंकर खरिदमा हिनामिना गरेको भन्दै केही दिनअघि मात्र विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

बालेन्द्र आगामी फागुन २१ मा झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्दै छन्। उनलाई रास्वपाले भावी प्रधानमन्त्रीका रुपमा चुनावी दौडमा लगेको छ। 

यो त्यही क्षेत्र हो जहाँबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जित्दै आएका छन्। यसपालि भूपू प्रधानमन्त्री र भावी प्रधानमन्त्रीबीच यो क्षेत्रमा कडा टक्कर हुने अपेक्षा गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad