एलजी इलेक्ट्रोनिक्सले सीजी इलेक्ट्रोनिक्स सँगको साझेदारीमा नेपालमा आफ्नो नयाँ डुअलकुल इन्भर्टर रेसिडेन्सियल एयर कन्डिसनर शृंखला औपचारिक रूपमा सार्वजनिक गरेको छ।
होटल भिभान्ता काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरिएको थियो। नयाँ डुअलकुल एयर कन्डिसनरमा किलोवाट म्यानेजर नामक स्मार्ट विद्युत्व्यवस्थापन प्रविधि प्रस्तुत गरेको छ, जुन नेपाली घरपरिवारमा प्रभावकारी, ऊर्जा–दक्ष तथा लागत–सचेत कन्डिसनरको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर विकसित गरिएको हो।
उक्त उत्पादनहरूको औपचारिक अनावरण चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले गरेका हुन्।
यसले नेपालमा विश्वसनीय तथा नवप्रवर्तनयुक्त घरेलु उपकरण उपलब्ध गराउने यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थपेको कम्पनीको दाबी छ।
नयाँ शृंखलाको मुख्य आकर्षण नै एलजीको किलोवाट म्यानेजर हो, जुन ऊर्जा बचत गर्ने स्मार्ट सुविधा हो र यसले प्रयोगकर्तालाई विद्युत्खपत अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्न सहयोग पुर्याउँछ।

ऊर्जा लागत तथा विद्युत्शुल्क बढ्दै गइरहेको अवस्थामा नेपाली घरपरिवारले अनुमानयोग्य तथा प्रभावकारी समाधान खोजिरहेका छन्। साधारण सेटअपमार्फत उपभोक्ताले आफूले चाहेको विद्युत्खपत सीमा र सञ्चालन अवधि निर्धारण गर्न सक्छन् भने एलजी थिनक्यु कनेक्टिभिटीमार्फत वास्तविक समयको विद्युत्खपत अनुगमन गर्न सक्छन् ।
त्यसैगरी असामान्य वा अत्यधिक विद्युत्उपयोगबारे सूचना प्राप्त गर्न सक्छन्। यसका प्रयोग शैली तथा प्राथमिकताअनुसार स्वचालित ऊर्जा बचत अनुकूलनको लाभ लिन सक्ने कम्पनीले जनाएको छ।
यस प्रणालीले पूर्वनिर्धारित विद्युत् उपयोग सीमाभित्र रहँदै आरामदायी शीतलता कायम गर्न एयर कन्डिसनरको कार्यक्षमता बुद्धिमत्तापूर्वक समायोजन गर्छ, जसले अनपेक्षित विद्युत्बिल वृद्धिविना स्मार्ट अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।




Shares

प्रतिक्रिया