समाज


३० लाख नगद, लागुऔषध र गहनासहित स्वयम्भूबाट एक व्यक्ति पक्राउ

३० लाख नगद, लागुऔषध र गहनासहित स्वयम्भूबाट एक व्यक्ति पक्राउ

नेपालखबर
जेठ १२, २०८३ मंगलबार १८:४९, काठमाडौँ

लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ, सुनका गरगहना र ३० लाख रुपैयाँभन्दा बढी नगदसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ८ घर भइ हाल काठमाडौँ महानगरपालिका १५ स्वयम्भू बुद्धपार्क स्थित डेरा कोठा गरी बस्ने वर्ष ४२ को कुमार लामा रहेका छन्।

स्वयम्भू बुद्धपार्क स्थितमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले लामालाई उनको डेरा कोठा तथा किराना पसल समेतबाट फेला परेको लागुऔषध, नगद र अन्य दसीका सामानहरू सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

लामाको साथबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२२ ग्राम ३३० मिलीग्राम, लागुऔषध नाईट्राभेट १०५ ट्याबलेट, लागुऔषध डाइजापाम २५ एम्पुल, लागुऔषध फिनार्गन लेखिएको २५ एम्पुल, लागुऔषध तौल गर्ने डिजिटल तराजु ३ थान, नेपाली नगद रु.३०लाख १७ हजार २४५ रुपैयाँ बरामद भएको छ।

यस्तै, सुनको जस्तो देखिने सिक्री १ थान, सुनको जस्तो देखिने औँठी ३ थान, सुनको जस्तो देखिने पोते १ थान, सिरिन्ज ८३ थान, चेकबुक २ थान, विभिन्न कम्पनीको मोबाइल तथा ट्याब ८ थान, चन्दनको जस्तो देखिने धुलो पदार्थ ८३ ग्राम पनि बरामद भएको प्रहरीको भनाई छ।

उनीमाथि काठमाडौँ जिल्ला अदालतबाट दिन ५ (पाँच) को म्याद थप अनुमति प्राप्त भइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad