कारोबार


माछापुच्छ्रे बैंकले विस्तार गर्‍यो एमबीएल आईटी कर्जा सेवा

माछापुच्छ्रे बैंकले विस्तार गर्‍यो एमबीएल आईटी कर्जा सेवा

नेपालखबर
बैशाख १०, २०८३ बिहिबार १७:५१, काठमाडौँ

डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले एमबीएल आईटी कर्जा नामक नयाँ कर्जा योजना अगाडि सारेको छ।

सूचना प्रविधि क्षेत्रमा संलग्न व्यवसायी तथा उद्यमीहरूलाई सशक्त बनाउने लक्ष्यसहित सुरुवात गरिएको यस कर्जा योजनाले सूचना प्रविधिको क्षेत्रमा आईरहेका नवप्रवर्तनलाई प्रोत्साहन गर्नुका साथै नेपालमा विकसित हुँदै गएको सूचना प्रविधिलाई थप सुदृढ बनाउने अपेक्षा बैंकले गरेको छ। 

साथै, यस कर्जाले नेपालका आईटी÷सफ्टवेयर कम्पनीहरूलाई चालू पुँजी, पूर्वाधार तथा सञ्चालन विस्तारका लागि सहज रूपमा वित्तीय पहुँच उपलब्ध गराउने योजना राखेको छ।

यस योजना अन्तर्गत कर्जा लिनका लागि सम्बन्धित सरकारी निकायमा दर्ता भएका व्यवसायहरू मात्र योग्य हुनेछन् । यसमा आईटी/सफ्टवेयर फर्म (एकल वा साझेदारी), प्राइभेट लिमिटेड कम्पनीहरु पदर्छन् र यस्ता कम्पनीहरूले प्यान, भ्याट जस्ता कर नियमितरुपमा तिरेको हुनुपर्नेछ।

यस्ता कम्पनीहरू सफ्टवेयर विकास, आईटी आउटसोर्सिङ, आईटी सेवा,साइबर सुरक्षा, फिनटेक, एआई, मेशिन लर्निङ जस्ता क्षेत्रमा काम गर्ने हुनुपर्नेछ र कम्तीमा दुई वर्ष देखि सञ्चालनमा रहेको हुनुपर्नेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad