कारोबार


टीसीएलले नेपाली बजारमा ल्यायो एस५के क्यूलेड गुगल टिभी

टीसीएलले नेपाली बजारमा ल्यायो एस५के क्यूलेड गुगल टिभी

नेपालखबर
माघ १९, २०८२ सोमबार १६:३९, काठमाडौँ

इलेक्ट्रोनिक्स निर्माता टीसीएलले अत्याधुनिक एस५के क्युलेड गुगल टिभीको शृङ्खला नेपालको लागि सार्वजनिक गरेको छ।

३२-इन्च र ४३-इन्च आकारमा उपलब्ध यो टिभीले क्यूलेड प्रविधिको ज्वलन्त दृश्यानुभूति, एचभीए प्यानलको गहिरो कन्ट्रास्ट, डल्बी अडियोको समृद्ध ध्वनि र गुगल टिभीको बुद्धिमान सुविधालाई एउटै ठाउँमा समेटेको कम्पनीले जनाएको छ।

यसले आधुनिक नेपाली परिवार र युवाहरूको मनोरञ्जन आवश्यकतालाई पूरा गर्ने कम्पनीको दाबी छ।

यसले विशेष गरी प्रिमियम मनोरञ्जनको खोजी गर्ने युवा पुस्ता, डिजिटल सामग्री र चलचित्र मनपर्ने परिवार, र स्मूद गेमिङ अनुभव चाहने गेमरहरूलाई लक्षित गरेको छ। 

यो टिभीमा क्युलेड र एचभीए प्यानल, डल्बी अडियो, गुगल टिभी, स्टाइलिश मेटालिक डिजाइन, पूर्ण कनेक्टिभिटी र द्रुत प्रदर्शनजस्ता विशेषता छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad