कारोबार


फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनको अध्यक्षमा बञ्जाडे

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनको अध्यक्षमा बञ्जाडे

नेपालखबर
माघ ९, २०८२ शुक्रबार १७:४२, काठमाडौँ

जुत्ता चप्पल व्यवसायीको छाता संस्था फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालको अध्यक्षमा सुरज बञ्जाडे निर्वाचित भएका छन्।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दीपेन्द्र थापा, तीन उपाध्यक्षमा योगेन्द्र पाण्डे, जीवनकुमार श्रेष्ठ र शङ्करकुमार गौतम निर्वाचित भएका छन्।

यस्तै महासचिवमा निर्मल भट्टराई र उपमहासचिवमा सुदीप बराल, सचिवमा छविलाल पौडेल र कोषाध्यक्षमा कुमार न्यौपाने निर्वाचित भएका हुन्।

कार्यसमितिको सदस्यमा विष्णुप्रसाद पौडेल, शौजन उपाध्याय, रोहितकुमार कार्की, चोलाप्रसाद पाठक, अशोककुमार श्रेष्ठ, सङ्केत मुरारका, राजेश बगडिया-अग्रवाल, करन गौतम र कुमार लामिछाने निर्वाचित भएका छन्।

एशोसिएसनका नवनिर्वाचित अध्यक्ष बञ्जाडेले नेपाली फुटवेयर उद्योगको प्रवर्द्धन, उत्पादनको गुणस्तर अभिवृद्धि तथा व्यवसायीको हकहितका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad