कारोबार


एससीटीले सुरु गर्‍यो माईकार्ड सेवा

एससीटीले सुरु गर्‍यो माईकार्ड सेवा

नेपालखबर
पुस २४, २०८२ बिहिबार १४:५२, काठमाडौँ

भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी)ले माईकार्ड नाममा  व्यक्तीकृत कार्ड सेवा सेवा औपचारिक रूपमा सफलतापूर्वक सुरुवात गरेको छ ।

यस सेवाअन्तर्गत  एससिटि नेटवर्क अन्तर्गतका बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले आफ्नो इच्छा अनुसारको फोटो राखेर एससीटी-युनियनपे डेबिट कार्ड लिन सक्नेछन्।

हाल एससीटी-युनियनपे स्किमअन्तर्गत आईसीएफसी फाइनान्स लिमिटेडबाट सुरु गरिएको यो सेवा बैंक तथा वित्तीय संस्थाको रुची अनुसार भविष्यमा भिसा तथा नेपालपे स्किममा समेत सुरु गर्न सकिने गरी विकास गरिएको कम्पनीले जनाएको छ।

एससीटी नेटवर्कबाहेकका बैंक तथा वित्तीय संस्थाले समेत माईकार्ड को यो प्लेट्फर्म प्रयोग गरी सेवा प्रदान गर्न सक्नेछन् ।

एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरूमार्फत एससीटी-युनियनपे कार्ड जारी गर्दै आइरहेको छ ।

एससीटीले आफ्नै कार्ड स्विचिङ संरचना स्मार्ट स्विचमार्फत एससीटी-युनियनपे कार्ड र भिसा कार्ड जारी गर्ने तथा भिसा, रुपे, मास्टरकार्ड तथा डिस्कभर कार्ड स्वीकार गरी कार्डमार्फत हुने कारोबारको सेवा प्रदान गर्दै आएको छ ।

विगत दुई दशकदेखि नेपालभरि सुरक्षित सरल र भरपर्दो भुक्तानी सेवा दिँदै आएको एससीटी नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किम हो। यसले कार्ड सेवाका अतिरिक्त विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई स्मार्ट क्यूआर, स्मार्ट पेआईबीएफटी अन्तर बैंक भुक्तानी सेवा, स्मार्ट ब्यांकिङ मोबाइल बैंकिङ्ग लगायतका सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad