कारोबार


हायात प्लेस बुटवलको जीएम बने तुषार नगर

हायात प्लेस बुटवलको जीएम बने तुषार नगर

नेपालखबर
पुस २४, २०८२ बिहिबार १४:५८, काठमाडौँ

हालै सञ्चालनमा आएको हायात प्लेस बुटवलको नेतृत्व, महाप्रबन्धक (जनरल म्यानेजर)को भूमिका तुषार नगरले निर्वाह गर्ने भएका छन्। 

उनी हस्पितलिटी क्षेत्रका अनुभवी हुन्। नगरले होटलको दैनिक सञ्चालन, रणनीतिक विस्तार, वित्तीय व्यवस्थापन र सरोकारवालाहरूसँगको समन्वयको नेतृत्व गर्ने होटलले जनाएको छ। 

साथै, उनले अतिथि सत्कारमा उच्च गुणस्तर र उत्कृष्ट सेवा प्रवाह गर्ने संस्कृतिको विकासमा मुख्य भूमिका खेल्नेछन्। हस्पिटालिटी क्षेत्रमा डेढ दशकभन्दा लामो अनुभव सँगालेका नगरसँग सेवाको उत्कृष्टता र टिम व्यवस्थापनमा गहिरो ज्ञान छ। 

हायात प्लेस बुटवलमा आउनुअघि उनले भारतका प्रतिष्ठित होटल ब्रान्डहरूमा काम गरिसकेका छन्। उनले जे डब्लु म्यारियट चण्डीगढ, द ओबेरोय अमरभिलास आगरा, पार्क हायात चेन्नई, हायात रिजेन्सी लुधियाना, द वेस्टिन पुणे र पछिल्लो समय कोर्टयार्ड बाइ म्यारियट सिलोङमा विभिन्न नेतृत्वदायी तथा एफ एन्ड बी भूमिकामा काम गरेको अनुभव बटुलेका छन्।

नगरले भने, ‘मेरो मुख्य प्राथमिकता भनेको अतिथिहरूले न्यानो स्वागत महसुस गर्ने, कर्मचारीहरूले काम गर्न उत्प्रेरित महसुस गर्ने र हायातले आत्मसाथ गरेका मान्यताहरू झल्कने वातावरण सिर्जना गर्नु हो। म बुटवलमा हाम्रो उपस्थिति बलियो बनाउन र अतिथिहरूका लागि अविष्मरणीय अनुभवहरू सिर्जना गर्न उत्साहित छु।’

१०९ कोठाको होटलमा किन जाने?
बुटवलको मुटुमा अवस्थित हायात प्लेस बुटवल आधुनिक सुविधा र यस क्षेत्रको प्राकृतिक सौन्दर्यको सङ्गमको रूपमा उदाएको छ। बुद्ध जन्मस्थल लुम्बिनी र ऐतिहासिक तिलौराकोट नजिकै रहेको यो होटल १०९ कोठासहित सञ्चालनमा छ। 

यहाँ विलासी कोठाहरू, मनोरम दृश्य देखिने रुफटप पुल र अर्ग्यानिक स्वाद पाइने डाइनिङ को सुविधा उपलब्ध छ। पदयात्रा र स्थानीय बजार घुम्न चाहनेहरूका लागि पनि यो होटल उपयुक्त गन्तव्य बनेको छ। चाहे सप्ताहन्तको बिदा मनाउन होस् वा पश्चिम नेपालको भ्रमण गर्न, यो होटलले पर्यटन क्षेत्रमा नयाँ आयाम थपेको छ।

शैक्षिक रूपमा, नगरले आईएचएम  वाराणसीबाट होटल म्यानेजमेन्टमा डिप्लोमा र जगतपुर पीजी कलेजबाट कमर्समा स्नातक गरेका छन्। साथै, उनले यस क्षेत्रसँग सम्बन्धित विभिन्न नेतृत्व विकास र ब्रान्ड प्रमाणीकरण तालिमहरू पनि पूरा गरेका छन्। होटलको प्रि-ओपनिङ र स्थापित होटलहरू दुवैमा काम गरेको सन्तुलित अनुभव उनीसँग छ, जुन आधुनिक र ग्राहक-केन्द्रित होटल सञ्चालनका लागि महत्त्वपूर्ण मानिन्छ। उनी हाल बुटवलमै बसोबास गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad