कारोबार


नेपाल लाइफको २६औँ वार्षिक साधारणसभा, वित्तीय विवरण स्वीकृत

नेपाल लाइफको २६औँ वार्षिक साधारणसभा, वित्तीय विवरण स्वीकृत

नेपालखबर
पुस २१, २०८२ सोमबार १२:४५, काठमाडौँ

जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। 

कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा यही पुस १९ गते पर्सास्थित वीरगन्जको होटल भिष्वामा सम्पन्न भएको हो।

यस अवसरमा सञ्चालक समितिका तर्फबाट अध्यक्षबाट प्रस्तुत भएको आ.व.२०८१/८२  को वार्षिक कार्यप्रगति प्रतिवेदन छलफल गरी पारित गरिएको कम्पनीले जनाएको छ। लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व.२०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरुउपर छलफल गरी स्वीकृत गरिएको छ। 

सभाले आ.व. २०८२/८३ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ। साधारणसभाले आ.व. २०८१/८२ को वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पुँजी  ९ अर्ब २ करोड ८७ लाख ६३ हजार २०९ रुपैयाँको जम्मा २१.०५ प्रतिशतले हुन आउने रकम  १ अर्ब ९० करोड ७ लाख ९२ हजार २५५ रुपैयाँ सेयरधनीहरुलाई लाभांशको रुपमा प्रदान गर्ने जसमा १६.०५ प्रतिशत नगद लाभांश (लाभांशको करसहित) र ५ प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

साधारणसभाले संस्थापक समूहअन्र्तगत गोविन्द लाल संघई, कमलेश कुमार अग्रवाल र विवेक कुमार अग्रवाललाई निर्विरोध निर्वाचित गरेको छ। साधारणसभापछि बसेको सञ्चालक समितिको ४०७औँ बैठकले गोविन्द लाल संघईलाई सर्वसम्मतिबाट अध्यक्षको रुपमा चयन गरेको छ।

२०८२ असोज मसान्तसम्ममा कम्पनीको लगानी २५४ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष २४५ अर्ब रुपैयाँ र सेयरधनी कोष १३ अर्ब बढी छ। कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल १ सय ९७ कार्यालय सञ्जालहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ। 

यसका साथसाथै कम्पनीले हालसम्म ३२६ अर्ब रुपैया बीमाशुल्क आर्जन गरेको छ भने १०३ अर्ब जम्मा दावी भुक्तानी गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad