कारोबार


जेडटीईका २ नयाँ स्मार्टफोन बजारमा आउँदै

जेडटीईका २ नयाँ स्मार्टफोन बजारमा आउँदै

नेपालखबर
मंसिर २८, २०८२ आइतबार १४:२, काठमाडौँ

ग्लोबल टेक जाएन्ट जेडटीईले आफ्ना २ नयाँ स्मार्टफोनहरु नेपाली बजारमा ल्याउने तयारी गरेको छ।

कम्पनीले छिट्टै नुबिया भी ८० डिजाइन र नुबिया एयर मोडलका स्मार्टफोनहरु नेपाली बजारमा प्रस्तुत गर्न लागेको हो।

दुवैमा स्मार्टफोनहरुमा आकर्षक डिजाइन, स्मार्ट एआई सिस्टम र दिगो इन्जिनियरिङ हुनुको साथै प्रतिस्पर्धात्मक मूल्यमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।

जेडटीई नुबिया एयर पर्फर्मेन्स केन्द्रित स्मार्टफोन हो जसको प्रिमियम डिस्प्ले र मजबुत बनोट बजारमैत्री मूल्यमा आउने भएको छ। यसमा ६.७८ इन्चको एमोलेड डिस्प्ले, १२० हर्जको रिफ्रेस रेट, ४,५०० निट्स पीक ब्राइटनेस, र १२२४ × २७२० रिजोल्युसन रहेको छ। ६ नानोमिटर युनीसक टी८३०० चिपसेट द्वारा सञ्चालित यस स्मार्टफोनमा ८ जीबी र्‍याम, २५६ जीबी स्टोरेज र एन्ड्रोइड १५ रहेको छ।

हल्का तर बलियो यो फोनको नाप १६४.२ x ७६.६ x ६.७ मिमि, तौल १७२ ग्राम र आईपी६८/आईपी६९के धुलो तथा पानी प्रतिरोध गर्ने क्षमता रहेको छ। त्यसैगरी, नुबिया भी ८० डिजाईनमा ६.७५ इन्चको एफएचडी+ एमोलेड डिस्प्ले, १२० हर्जको रिफ्रेश रेट, ५० एमपीको एआई प्राइमरी क्यामरा, १६ एमपीको सेल्फी क्यामेरा, र रियल टाईम ट्रान्सलेसन, एआई राइटिङ, तथा ठगी पहिचानका लागि डेडिकेटेड रातो एआई बटन रहेको छ।

नुबिया लिंकफ्रीले लोकल कनेक्टिभिटी सहज बनाउँछ। एन्ड्रोइड १६ मा आधारित माई ओएस १६ मा चल्ने यस फोनमा युनिसक टी७२८० चिपसेट, ८ जीबिको र्याम, २५६ जीबि स्टोरेज, र ५००० एमएएच्को  ब्याट्री २२.५ वाटको चार्जिङसँग उपलब्ध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad