कारोबार


सामसङको वार्म विन्टर अफर, वाशिङ मेसिन र रेफ्रिजिरेटरमा आकर्षक बचत

सामसङको वार्म विन्टर अफर, वाशिङ मेसिन र रेफ्रिजिरेटरमा आकर्षक बचत

नेपालखबर
मंसिर ८, २०८२ सोमबार १२:२८, काठमाडौँ

सामसङ नेपालले वार्म विन्टर अफरको घोषणा गरेको छ।

यो अफर नोभेम्बर २१ देखि सुरु भइसकेको छ भने जनवरी १४ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुने कम्पनीले जनाएको छ।

यसअन्तर्गत वासिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न प्रकारमा आकर्षक छुट तथा क्यासब्याक र सरल फाइनान्स सुविधा उपलब्ध हुनेछ। 

ग्राहकहरूले ७ किलोदेखि १२ किलोसम्मका एआई इकाउबबी वासर ड्रायर, फ्रन्ट लोड, एफएटीएल र एसएटीएल वाशिङ मेसिनहरूमा अधिकतम २३ प्रतिशत इन्स्ट्यान्ट क्यासब्याक प्राप्त गर्न सक्छन्। त्यसैगरी, सिंगल डोर, डबल डोर र साइड बाई साइड सामसङ रेफ्रिजेरेटरमा अधिकतम १७ प्रतिशत क्यासब्याक उपलब्ध छ।

सामसङ वाशिंग मेशिन र रेफ्रिजरेटरले डीआईटी मोटरमा २० वर्षको वारेन्टी मार्फत दीर्घायु सुनिश्चित गर्छ, र सबै मोडेलमा निःशुल्क इन्स्टलेसन उपलब्ध छ।

वाशिङ मेसिन अफरमा सेमिअटोमेटिक टप लोड ७ केजीको १२ प्रतिशतसम्म, पूरै स्वचालित टपलोडको ८ केजीको १२ प्रतिशत, एआई इकाउबबी फ्रन्ट लोड ९ देखि १२ किलोसम्म २० प्रतिशत, एआई इकोबबी वासर ड्रायर ९ देखि ११ किलोको २३ प्रतिशतसम्म क्यासब्याक पाइनेछ। 

रेफ्रिजिरेटर अफरमा एसबीएस ७०० लिटरमा ११ प्रतिशत, ५ इन वान ३५० लिटरदेखि ४१९ लिटरसम्म १५ प्रतिशत, डबल डोर २५३ लिटरदेखि २७५ लिटरसम्म १७ प्रतिशत र सिंगल डोर १९२ लिटरदिख २३० लिटरसम्म १७ प्रतिशत क्यासब्याक पाइनेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad