कारोबार


बुटवलमा सीजी डिजिटलको २१ शोरूम उद्घाटन

बुटवलमा सीजी डिजिटलको २१ शोरूम  उद्घाटन

नेपालखबर
मंसिर १, २०८२ सोमबार १७:२५, काठमाडौँ

सीजी इलेक्ट्रोनिक्सले आफ्नै इलेक्ट्रोनिक्स ब्रान्डको शोरूम ‘सीजी डिजिटल आदर्श नगर पाल्पा रोड, ट्राफिक चोक, बुटवलमा शनिबारदेखि सञ्चालनमा ल्याएको छ। 

यससँगै, कम्पनीले देशव्यापी रूपमा २१ शो–रूम सञ्चालनमा आएको कम्पनीले जनाएको छ। 

अत्याधुनिक रिटेल मोडेलमा आधारित यो स्टोरमार्फत ग्राहकहरूले एलजी, सीजी, मिडिया, गोदरेज, क्रम्प्टन, बेको, सेन्सेई, टीसीएल, बर्ली, केन्ट, ब्ल्याक र डेकर, मोटोरोला, नथिङजस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका होम र किचन एप्लायन्स, स्मार्ट टेलिभिजन, मोबाइल, ग्याजेट, उपकरण र प्रिमियम कन्जुमर इलेक्ट्रोनिक्सका व्यापक उत्पादनहरू एकै छानामुनि पाउन सक्नेछन्।

कम्पनीका अनुसार, बुटवल–लुम्बिनी प्रदेशमा बढ्दो ग्राहक माग, गुणस्तरीय सेवा आवश्यकताहरू र आधुनिक जीवनशैलीलाई ध्यानमा राख्दै उच्चस्तरीय प्रोडक्ट र छिटो ग्राहक–सपोर्ट प्रणालीसहित सुव्यवस्थित र प्राविधिक रूपमा सुदृढ रिटेल सुविधा सञ्चालनमा ल्याइएको हो।

उद्घाटन कार्यक्रममा स्थानीय निकायका अधिकारी, ग्राहक र सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सीजी डिजिटल ले आगामी दिनमा ग्राहक अनुभवलाई अझ सुदृढ गर्ने, डिजिटल पहुँचलाई देशका प्रमुख सहरी तथा उप–सहरी बजारमा विस्तार गर्ने, र अन्तर्राष्ट्रिय स्तरको ब्राण्ड पोर्टफोलियोसहित आधुनिक रिटेल अनुभवलाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

कम्पनीले समग्र डिजिटल बजार प्रवृत्ति, ग्राहक रोजाइको बदलिँदो स्वरूप र उदयोन्मुख प्रविधिलाई ध्यानमा राख्दै समावेशी, पारदर्शी र ग्राहक–केन्द्रित व्यापार विस्तारमा निरन्तर केन्द्रित रहने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad