कारोबार


सिङ्गापुर एयरलाइन्सको बोइङ ७३७-८ म्याक्स विमानले थाल्यो काठमाडौं–सिङ्गापुर स्थायी उडान

सिङ्गापुर एयरलाइन्सको बोइङ ७३७-८ म्याक्स विमानले थाल्यो काठमाडौं–सिङ्गापुर स्थायी उडान

नेपालखबर
कात्तिक २१, २०८२ शुक्रबार १६:५७, काठमाडौँ

सिङ्गापुर एयरलाइन्सले काठमाडौं र सिङ्गापुरबीचको आफ्नो रुटमा बोइङ ७३७-८ म्याक्स विमानको सेवा स्थायी रूपमा सुरु गरेको घोषणा गरेको छ। 

यो नयाँ विमानको सञ्चालनले यस रुटमा यात्रा गर्ने यात्रुहरूका लागि अभूतपूर्व आराम र सुविधा प्रदान गर्ने कम्पनीले दाबी गरेको छ। 

यसअघि सिङ्गापुर एयरलाइन्सले यस रुटमा बोइङ ७३७-८०० एनजी  विमानहरू सञ्चालन गर्दै आएको थियो। अहिले गरिएको यो विमान स्तरोन्नतिले समग्र उडान अनुभवलाई धेरै गुणा माथि पुर्‍याएको छ।

नयाँ बोइङ ७३७-८ म्याक्स विमानमा यात्रुले पूर्ण रूपमा सुताउन मिल्ने बिजनेस क्लास सिटहरूमा यात्रा गर्न पाउनेछन्। उडानभरि निःशुल्क वाइफाइको समेत सुविधा दिइएको छ। यो सुविधा सबै क्लासका यात्रुहरूका लागि उडानभरि निःशुल्क हुनेछ। 

यसले यात्रुहरूलाई काम गर्न, परिवार र साथीहरूसँग सम्पर्कमा रहन वा मनोरञ्जनको लागि इन्टरनेट प्रयोग गर्न सहज बनाएको छ।

नयाँ पुस्ताको यो विमानले आधुनिक क्याबिन डिजाइन, उन्नत इन-फ्लाइट मनोरञ्जन प्रणाली र उत्कृष्ट इन्धन दक्षताका साथ वातावरणमैत्री उडान अनुभव प्रदान गर्दछ।

बोइङ ७३७-८ म्याक्स विमानको सेवा काठमाडौं-सिङ्गापुर र सिङ्गापुर हुँदै अन्य गन्तव्यहरूसम्मको यात्राका लागि स्थायी रूपमा उपलब्ध हुनेछ। यो परिवर्तनले नेपालबाट विश्वभर यात्रा गर्ने यात्रुहरूका लागि सिङ्गापुर एयरलाइन्सको विश्व-स्तरीय सेवा मा निरन्तरता र गुणस्तरको सुनिश्चितता गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad