आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु बैंक लिमिटेडबीच छुटसम्बन्धी सम्झौता भएको छ।
यसअनुसार आरम्भ चौतारी लघुवित्तका कार्यरत कर्मचारीहरुलाई सुविधासम्पन्न बैंकिङ सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।
आरम्भ चौतारीका प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवाली र प्रभु बैंकका सेन्ट्रल बिजनेस सेन्टरका प्रमुख लेख बहादुर पुनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
योसँगै आरम्भमा कार्यरत कर्मचारीहरुले उत्कृष्ट बैंकिङ सेवा प्रयोग गर्ने प्रभु बैंकको विश्वास छ।
21
Shares

प्रतिक्रिया