कारोबार


एससीटी युनियन पे कार्डबाट भुक्तानी गर्दा बिगमार्टमा छुट

एससीटी युनियन पे कार्डबाट भुक्तानी गर्दा बिगमार्टमा छुट

नेपालखबर
असोज ६, २०८२ सोमबार १३:५७, काठमाडौँ

भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)ले नेपालमा १२०  बढी शाखा रहेको चेन स्टोर बिगमार्टमा यही घटस्थापनादेखि छठसम्म स्मार्ट सेलिब्रेसन बाई एससीटी अफर सुरु गर्दै छ।

अफरअन्तर्गत ग्राहकहरूले बिगमार्टमा यही असोज ६ देखि कात्तिक १० गतेसम्म एससीटी–युनियनपे कार्डबाट भुक्तानी गर्दा एकपटकमा १० प्रतिशत, अधिकतम १ सय रुपैयाँ हुने गरीे छुट प्राप्त गर्नेछन्। 

यसको लागि भुक्तानी गर्न एससीटी–युनियनपे कार्ड प्रयोग गरी पस मेसिनमार्फत नै भुक्तानी गर्नुपर्नेछ। यो अफर घटस्थापनादेखि छठसम्म बिगमार्टको सम्पूर्ण शाखामा लागू हुनेछ।

एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरूमार्फत एससीटी–युनियनपे कार्ड जारी गर्दै आइरहेको छ।

यो अफरमार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य छ।

एससीटी–युनियनपे कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी–युनियनपे कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नेछन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad