कारोबार


इनड्राइभले ल्यायो प्लेटिनम ड्राइभर्स गिभअवे क्याम्पेन

इनड्राइभले ल्यायो प्लेटिनम ड्राइभर्स गिभअवे क्याम्पेन

नेपालखबर
भदौ १२, २०८२ बिहिबार १४:११, काठमाडौँ

विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म इनड्राइभले नेपालमा दशैं तिहारका लागि “प्लेटिनम ड्राइभर्स गिभअवे” क्याम्पेन सुरु गरेको छ।

अघिल्लो संस्करणबाट उल्लेखनीय सफलता र उत्साहजनक प्रतिक्रियापछि यसपटक अभियानलाई अझ बढी परिष्कृत बनाउने वाचा गर्दै प्लेटिनम ड्राइभर्स गिभअवे सुरुवात गरेको इनड्राइभले जनाएको छ।

कम्पनीले आफ्ना ड्राइभर पार्टनर्सको कडा परिश्रम र समर्पणलाई विशेषरुपमा सम्मान र पहिचान गर्न यो क्याम्पेन ल्याएको हो। यसमा ग्रान्ड प्राइजमा ब्रान्ड न्यू टाटा एक्सप्रेस ईभी कार, टिभीएस रेइडर मोटरसाइकल र प्रिमियम हाई–इण्ड ग्याजेटहरू रहेका छन् ।

प्लेटिनम ड्राइभर्स गिभअवे क्याम्पेन दुई रोमाञ्चक चरणहरुमा आयोजना हुनेछ। प्रतिच्यालेन्ज भदौ ९ देखि १५ गतेसम्म र च्यालेन्ज थ्री विक्स भदौ १६ देखि असोज ५ सम्म चल्नेछ।

यसमा जो चालकहरूले यी समय अवधिमा प्लेटिनम स्ट्याटस कायम गर्छन्, तिनीहरु विक्ली प्राइजका लागि योग्य हुनेछन्। जो चालकहरुले सबै चरणहरुमा प्लेटिनम स्ट्याटस कायम गर्छन्, उनीहरु ग्राण्ड प्राइजका लागि योग्य हुनेछन्। ड्राइभर्सले जतिधेरै राइड पूरा गर्नेछन्, त्यति नै धेरै पुरस्कार जित्ने सम्भावना बढ्नेछ।

यसको पुरस्कारस्वरुप टाटा एक्सप्रेस–टी इभी (क्याब ड्राइभर ग्रान्ड प्राइज), टीभीएस रेइडर  मोटरसाइकल (बाइक राइडर ग्रान्ड प्राइज) र स्मार्टफोनहरु, स्मार्टवाचहरु र इयरबड्स साप्ताहिक विजेताहरुले पाउनेछन्।

इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेशन म्यानेजर सुनिता जीमी राईले प्रतिज्ञा गरेअनुसार, ठूलो र राम्रो अभियान लिएर फर्किएको बताइन्। 

चालकहरू इनड्राइभ परिवारको केन्द्रमा रहेको बताउँदै उनले कम्पनीले उनीहरूको समर्पण र कडा परिश्रमलाई सम्मान गर्ने मौका नगुमाउने उल्लेख गरिन्। 

‘त्यसैले हामी तपाईंलाई दशैं र तिहारको अवसर पारेर मेगा गिभअवे ल्याउन पाउँदा उत्साहित छौं । अविश्वसनीय मेगा गिफ्ट ह्याम्परहरू जित्ने मौकाको लागि अहिले नै राइड सुरु गर्नुहोस् । आउनुहोस्, यो चाडवाडको मौसमलाई सँगसँगै मिलेर अझ उत्सवमय बनाऔँ’, उनले भनिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad