कारोबार


टीसीएलको नयाँ वासर ड्रायर नेपालमा

टीसीएलको नयाँ वासर ड्रायर नेपालमा

नेपालखबर
भदौ २, २०८२ सोमबार १८:३६, काठमाडौँ

टीसीएल इलेक्ट्रोनिक्सले सी७११०डब्लुडीजी फ्रन्ट लोड वासर र ड्रायर नेपाली बजारमा सार्वजनिक गरेको छ।

यो सबै-इन-वन उपकरणले उत्कृष्ट धुलाई क्षमता, स्वच्छता र सुविधा प्रदान गर्दै घरायसी लुगा धुने प्रविधिमा नयाँ मापदण्ड स्थापित गरेको कम्पनीको दाबी छ।

यो मेसिनले १० केजी धुलाई र ७ केजी सुकाउने क्षमताको साथमा धेरै स्मार्ट विशेषताहरू समेटेको छ, जसले सहज लुगा धुने अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ। 

यसका प्रमुख विशेषताहरूमा स्मार्ट डीडी मोटर, हनीकम्ब ड्रम, दाग हटाउने, एयर वास, स्टिम वास, एन्टी-माइट्स, रङ्गीन स्क्रिन रहेका छन्।

यस मेसिनले यी प्रमुख विशेषताहरूमार्फत दैनिक कामलाई सहज बनाउँछ। यसले कपडाको उत्कृष्ट हेरचाहसँगै परिवारको स्वास्थ्यलाई पनि प्राथमिकता दिँदै अद्वितीय धुलाई अनुभव प्रदान गर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad