कारोबार


२२ गतेदेखि निष्काशन हुँदै ग्लोबल आईएमईको ‘समुन्नत योजना–२’, व्यावसायिक लगानीको अवसर

२२ गतेदेखि निष्काशन हुँदै ग्लोबल आईएमईको ‘समुन्नत योजना–२’, व्यावसायिक लगानीको अवसर

नेपालखबर
असार १९, २०८२ बिहिबार १४:१५, काठमाडौँ

ग्लोबल आइएमई क्यापिटल लिमिटेडले असार २२ गतेदेखि सामूहिक लगानी कोष ‘ग्लोबल आइएमई समुन्नत योजना २’ को इकाइ सार्वजनिक निष्काशनमा ल्याउने भएको छ।

यो योजना प्रारम्भमा १ अर्ब २० करोडको कोष आकारबाट सुरु हुनेछ भने बढीमा २५ प्रतिशतसम्म वृद्धि गर्दै १ अर्ब ५० करोडसम्म विस्तार गर्न सकिने ‘ग्रीनसुओ अप्सन’सहितको व्यवस्था गरिएको छ।

यस योजनाले इक्विटी तथा निश्चित आम्दानीयुक्त साधनहरूमा लगानी गरी सन्तुलित रुपमा जोखिम व्यवस्थापन गर्दै लगानीकर्तालाई दीर्घकालीन लाभ दिने उद्देश्य राखेको क्यापिटलले जनाएको छ।

क्यापिटलका अनुसार योजना पूर्ण रूपमा म्युचुअल फन्ड नियमावली २०६७ अनुसार सञ्चालनमा ल्याइएको छ, जसले पारदर्शिता, लगानीकर्ता संरक्षण तथा उचित कोष व्यवस्थापन सुनिश्चित गर्दछ।

मुख्य विशेषताहरू
-    योजनाको प्रकार: बन्दमुखी योजना
-    फन्ड नाम: ग्लोबल आइएमई म्युचुअल फन्ड
-    योजना नाम: ग्लोबल आइएमई समुन्नत योजना २
-    कोष आकार: प्रारम्भिक रू. १.२० अर्ब (अत्याधिक माग भएमा रू. १.५० अर्बसम्म)
-    प्रति इकाइ मूल्य: रू. १०
-    सर्वसाधारणमा निष्काशन गरिने इकाइहरू: १२ करोड इकाइहरू
-    न्यूनतम लगानी: १०० इकाइ
-    अधिकतम लगानी: योजनाको १० प्रतिशत अर्थात् १.२० करोड इकाइ
-    योजना अवधि: इकाइ बाँडफाँड मिति देखि १० वर्ष
-    लाभांश नीति: प्राप्त मुनाफाबाट वितरण, बाँकी रकम पुन: लगानी
-    सूचीकरण: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीबद्ध
-    प्रारम्भिक लगानी: १५ प्रतिशत (फन्ड प्रायोजक र व्यवस्थापक)
-    व्यवस्थापन शुल्क: नेट सम्पत्ति मूल्यको १.५० प्रतिशत
-    डिपोजिटरी शुल्क: नेट सम्पत्ति मूल्यको ०.२० प्रतिशत

लगानी मिश्रण
-    इक्विटी/इक्विटी सम्बन्धी साधनहरू: ७०–९० प्रतिशत (उच्च जोखिम)
-    ऋणपत्र: निश्चित आम्दानी साधनहरू: ०–१० प्रतिशत (मध्यम जोखिम)
-    फिक्स्ड डिपोजिट: ०–१० प्रतिशत (न्यून जोखिम)
-    नगद/आईपीओ/अन्य म्युचुअल फन्ड: ०–१० प्रतिशत (न्यून जोखिम)

लगानी गर्नुपर्ने कारणहरू
-    व्यवसायिक व्यवस्थापन
-    विविधीकरण
-    सहजता र पहुँच
-    सस्तो लगानी
-    पारदर्शिता
-    कर छुट
-    लगानीकर्ता संरक्षण

लगानी प्रतिफल
क्यापिटलले यस योजनाको वार्षिक औसत प्रतिफल २२.४९ प्रतिशत रहने प्रक्षेपण गरेको छ। यस अनुसार यस योजनाका इकाइधनीहरुले १० वर्षमा कुल २२४.९६ प्रतिशत प्रतिफल प्राप्त गर्नेछन्। 

यस योजनाको अनुमानित आन्तरिक प्रतिफल दर १६.८८ प्रतिशत रहने प्रक्षेपण रहेको छ। क्यापिटलले यस योजनाका इकाइधनीहरुलाई पहिलो ९ वर्षसम्म ८ प्रतिशत देखि २० प्रतिशतसम्म लाभांश वितरण गर्ने सक्ने प्रक्षेपण गरेको छ।

ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत हाल २ योजनाहरु सञ्चालनमा छन्। जसमध्ये समुन्नत योजना १ ले ७ वर्षमा १०४ प्रतिशत लाभांश वितरण गरेको छ भने १०.१६ प्रतिशत फन्ड पुनर्खरिद प्रतिफल दिएको छ। त्यस्तै, १० वर्ष अवधिको ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ को १.०२५ अर्ब कोष आकार रहेको छ।

यस योजनाको व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। यो क्यापिटल नेपालकै पहिलो विशुद्ध मर्चेन्ट बैंकर हो जुन सन् २००८ मा स्थापना भएको थियो। यो क्यापिटल नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको लाइसेन्स प्राप्त बैंक रहेको छ जसमा ग्लोबल आइएमई बैंकको ८१.५० प्रतिशत स्वामित्व रहेको छ।

यस योजनाको इकाइमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। 

यसका साथै सीडीएस एन्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

यस योजनाको निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले कोष प्रबर्धकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्गले आईआरएन एएमसी क्वालिटि ३ प्लस रेटिङ्ग प्रदान गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad