कारोबार


सबै सामसङ होम अप्लाएन्सहरूमा पनि फाइनान्स सुविधा

सबै सामसङ होम अप्लाएन्सहरूमा पनि फाइनान्स सुविधा

नेपालखबर
जेठ २५, २०८२ आइतबार १८:५५, काठमाडौँ

सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि अप्लाएन्स फाइनान्स सेवालाई अझ सहज र पहुँचयोग्य बनाएको छ। 

अब यो सेवा लिनको लागि ग्राहकको नागरिकता प्रमाणपत्र मात्र पर्याप्त हुने गरी नयाँ सुविधाँ घोषणा गरिएको कम्पनीले जनाएको छ।

पहिले टिभीको लागि मात्र एक कागजातमा फाइनान्स प्रक्रिया सम्भव थियो भने होम अप्लायन्सहरूका लागि थप कागजात आवश्यक पर्ने अवस्था थियो।

तर अबदेखि यो सुविधा सबै सामसङ होम अप्लाएन्सहरूमा पनि लागू गरिएको कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार अब ग्राहकहरूले नयाँ टिभी वा होम अप्लाएन्स मात्र आफ्नो र ग्यारेन्टरको नागरिकता प्रमाणपत्र र २-२ वटा पासपोर्ट साइजको फोटो लिएर फारम बुझाएको एक घण्टाभित्रै घर लैजान सक्नेछन्। यो सेवा २०८२ जेठ १९ गते बाट लागू भएको हो र ३० प्रतिशत डाउनपेमेन्ट गरेपछि १२ महिनाको किस्तामा ० प्रतिशत ब्याजदरमा उपलब्ध हुनेछ।

सेवा ३० हजार रुपैयाँ वा त्योभन्दा बढी मूल्य भएका सामसङ टिभी र होम अप्लाएन्सहरूमा मात्र लागू हुने कम्पनीले जनाएको छ।

सामसङको नवीनतम प्रविधि अब नेपाली ग्राहकहरूको पहुँचमा ल्याउने उद्देश्यले सुरु गरिएको यो योजना हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडको सहकार्यमा सञ्चालन गरिएको हो।

सामसङ इनस्टा फाइनान्स हिम इलेक्ट्रोनिक्स प्रा.लि. र त्रिवेणी व्यापार प्रा. लि. ले वितरित गरिरहेका देशभर रहेका २०० बढी अधिकृत सामसङ स्टोरहरूमा उपलब्ध छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad