कारोबार


मिर्गौला प्रत्यारोपणपछि सगरमाथा विजयः पेम्बाको साहसिक यात्रामा एनसेल फाउन्डेसनको साथ

मिर्गौला प्रत्यारोपणपछि सगरमाथा विजयः पेम्बाको साहसिक यात्रामा एनसेल फाउन्डेसनको साथ

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १९:९, काठमाडौँ

आफ्नो मिर्गौला प्रत्यारोपण गरेका पेम्बा शेर्पाले सगरमाथाको सफल आरोहण गरेर हासिल गरेको ऐतिहासिक उपलब्धिमा एनसेल फाउन्डेसनले उनलाई सम्मान गरेको छ।

मिर्गौला प्रत्यारोपणपछि सगरमाथाको सफल आरोहण गर्ने पेम्बा पहिलो व्यक्ति रहेको पनि फाउन्डेसनले जनाएको छ।  

फाउन्डेसनका अनुसार यो ऐतिहासिक सफलता साहस, संकल्प र शक्तिको उदाहरण मात्र नभई, दृढ संकल्पका साथ देखिएका सपना असम्भव छैन भन्ने सशक्त सन्देश पनि हो। उनले वैशाख ३१ गते बिहान सगरमाथाको शिखर चुम्न सफल भएका थिए।

‘पेम्बा शेर्पाको यस साहसी यात्रामा सहभागी भई आवश्यक सहयोग गर्न पाएकोमा एनसेल फाउन्डेसन गर्व महसुस गर्दछ। यो यात्रा एक व्यक्तिगत विजय मात्र नभई शारीरिक चुनौती भोगिरहेकाहरूका लागि आशाको उज्यालो साबित भएको छ र मानिसहरुमा रहने असीम सम्भावनाहरुलाई पुष्टि गरेको छ’, फाउन्डेसनले भनेको छ। 

यसका, साथै यो यात्राले जलवायु परिवर्तनका कारण संकटमा परेका हिमालहरूको संरक्षणको लागि जनचेतना फैलाउने महत्त्वपूर्ण कार्य गरेको फाउन्डेसनको भनाइ छ। 

“सगरमाथा आरोहणभरि मेरो स्वास्थ्य सबल रह्यो । यस यात्रामा मैले विश्वभरका ८५ करोड भन्दा बढी मिर्गौला रोगीहरूको आशा बोकेर सगरमाथाको चुचुरोमा पाइला राखें र ईच्छा गरेमा केही पनि असम्भव छैन भन्ने कुरालाई पुरा गर्न सफल भएँ । यो यात्रा पग्लिंदै गएको हाम्रो हिमाल जोगाउनको लागि पनि एउटा सन्देश थियो । मैले धेरैलाई गुहारें, तर मेरो सपनालाई एनसेल फाउन्डेसनले मात्र विश्वास गरेर सम्भव बनायो । म साथ र समर्थनका लागि हृदयदेखि आभारी छु”, सगरमाथाको सफल आरोहण पछि आफ्नो उत्साह प्रकट गर्दै पेम्बा शेर्पाले भने ।

“पेम्बा शेर्पाको यस ऐतिहासिक सफलताका लागि हामी उहाँलाई हार्दिक बधाई दिन चाहन्छौं । उहाँको यात्रा प्रेरणा, सहनशीलता र प्रतिबद्धताको कथा हो यो केवल एक व्यक्तिगत लक्ष्यप्राप्ति मात्र नभई विश्वव्यापी जलवायु मुद्दाप्रति एक आवहान पनि हो । यस महत्वपूर्ण यात्राको सहयात्री हुन पाएकोमा हामी निकै खुसी छौँ”, एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट डाईरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad