कारोबार


एससीटी र एस्थेटिक अस्पतालबीच छुट सम्झौता

एससीटी र एस्थेटिक अस्पतालबीच छुट सम्झौता

नेपालखबर
जेठ ५, २०८२ सोमबार १७:२६, काठमाडौँ

भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र एस्थेटिक अस्पताल हेल्थी च्वाइस एस्थेटिक अस्पतालबीच छुट सम्झौता भएको छ।

एससीटी–यूपीआई कार्ड प्रयोगकर्ताहरूलाई हेल्थी च्वाइस एस्थेटिक अस्पतालमा हुने सम्पूर्ण अफरमा थप ५ प्रतिशतसम्मको विशेष छुट दिने सम्झौता भएको हो।

एससीटी–यूपीआई कार्ड प्रयोगकर्ताहरूले यो छुट पाउनका लागि आफ्नो एससीटी–यूपीआई कार्डमार्फत भुक्तानी गर्नुपर्छ।

ग्राहकहरूले पीओएसमार्फत भुक्तानी गर्दा ब्लड टेस्ट, छाला, कपाल, र दन्त प्रक्रियाहरूमा हुने सम्पूर्ण अफरहरूमा थप ५ प्रतिशत छुट पाउनेछन् भने ओपीडी परामर्श, इम्प्लान्ट, प्लास्टिक सर्जरी, कस्मेटिक गाइनोकोलोजी, सर्जिकल प्याकेज, कपाल प्रत्यारोपण, माईफ्युर, एमएनआरएफ, सोर्पानो हेयर रिमुभल प्याकेज र आउटसोर्स सर्भिसेस र उपकरण शुल्कमा हुने सम्पूर्ण अफरहरूमा थप २.५ प्रतिशत छुट पाउनेछन्। 

एससीटीको हाल सदस्यहरू ५ ‘क’ वर्गका बैंक, ६ ‘ख’ वर्गका  बैंक, ११ ‘ग’ वर्गका  बैंक र १००+ सहकारी संस्थाहरू छन्। ग्राहकहरूको स्वास्थ्यलाई मध्यनजर राखेर एससीटी र हेल्थी च्वाइस एस्थेटिक अस्पतालले ल्याएको यो अफरले माथि उल्लिखित बैंकहरूबाट एससीटी–यूपीआई कार्ड लिएका ग्राहकहरूलाई पूर्ण फाइदा लिन दुवै पक्षबाट प्रोत्साहित गरिएको उल्लेख गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad