कारोबार


एनसेलको ‘सधैँ अन रिन्युअल प्याक’ लिने ग्राहकको संख्या २ लाख नाघ्यो

एनसेलको ‘सधैँ अन रिन्युअल प्याक’ लिने ग्राहकको संख्या २ लाख नाघ्यो

नेपालखबर
चैत १९, २०८१ मंगलबार १२:१५, काठमाडौँ

एनसेलले प्रिपेड ग्राहकलाई लक्षित गरि संचालनमा ल्याएको सधैँ अन रिन्युअल प्याक सेवा प्रयोग गर्ने ग्राहकको संख्या दुई लाख नाघेको छ।  

प्रयोगकर्तालाई दूरसञ्चार सेवामा सहज, सुलभ प्याकहरुका साथ सेवा प्रदान गर्ने उदेश्यसहित कम्पनीले नयाँ प्रिपेड सेवा रिन्यूअल प्याक सञ्चालनमा ल्याएको थियो।

रिन्यूअल प्याकहरुमार्फतमा ग्राहकहरुले बिना कुनै बाधा महिनाभरका लागि आफ्नो खर्च गर्न सक्ने क्षमता अनुसार विभिन्न अनलिमिटेड सेवासहित भ्वाइस, डेटा, एसएमएस बन्डल दूरसञ्चार सेवाको फाइदा लिन सक्ने एनसेलले जनाएको छ। 

यो प्याकको विशेषता झन्झटरहित अनलिमिटेड मोबाइल सेवा, यूट्युबमा अनलिमिटेड पहुँच, अनलिमिटेड नाइट डेटाका साथै छुट्टै डेटा भोल्युमलगायत छन्। 

‘सधैँ अनलाइन बस्नका लागि मोबाइल डेटाको प्रगोग बढेकाले रिन्यूअल प्याक लिने ग्राहकहरुले  सख्या बढिरेको हाम्रो तथ्याङ्ले देखाउँछ,’ एनसेलका एक अधिकारीले भने।

सस्तोमा सेवा पाइने, हरेक महिना ढुक्क हुन सकिने, प्रगोग गर्न बाँकी भए क्यारी ओभर भएर नयाँ अर्थात अर्को महिना आउँने र डेटालाई भ्वाइस, र भ्याइसलाई डेटामा कम्भर्ट गर्न सकिने जस्ता सुविधाले गर्दा पनि यो सेवाप्रति उपभोक्ताको आकर्षण बढेको एनसेलले जनाएको छ। 

‘कर्मचारी, गृहिनी, व्यावसायी, विद्यार्थी, इनड्राइभ वा पठाओ रिइडर जो सुकैलाई हातहातमा पुगेको मोबाइलमा इन्टरनेटको आवश्यकता बढ्दो क्रममा छ,’ ती अधिकारीले भने, ‘सुरक्षित अनलाइन कारोबारका लागि त झन निःशुल्क उपलब्ध हुने वाइफाइ भन्दा मोबाइल इन्टरनेट झनै सुरक्षित रहन्छ। ’

एनसेलले दुई महिनाअघि मोबाइल एप अर्थात डिजिटल च्यानलहरुमार्फत र पछि यूएसएसडी च्यानलमा यो सेवा दिन थालेको हो। 

ग्राहकहरुले यो सेवा आफ्नो बजेट अनुसार ३९९ देखि १ हजार ४९९ सम्मका मासिक प्याकहरू लिन सक्नेछन्। अर्थात ग्राहकहरुले न्युनतम दैनिक रु १३ रुपैयाँमा महिनाभरका लागि अनलिमिटेड यूट्युब, अनलिमिटेड नाइट डेटासहितको सेवा लिन सक्ने एनसेलले जनाएको छ। 

‘सधैँ अन रिन्यूअल प्याक’ अर्थात हरेक महिना ३० दिनमा आफैँ नविकरण हुने यी प्याकमा ग्राहकले पुरै एक महिना सेवा पहुँचबाट फाइदा लिन सक्छन्। यसम सधैँ अन प्याकको २८ दिन भन्दा थप दुई दिन बढिको समयावधि पनि रहेको छ।

एनसेल गत महिना जारी गरेको प्रेस विज्ञप्तिका अनुसार रिन्यूअल प्याकको उद्देश्य नेपाली ग्राहकलाई तुलनात्मक रुपमा महँगो पर्ने ‘पे एज यू गो’ र बारम्बार लिनुपर्ने स–साना प्याक प्रतिको निर्भरता हटाएर सधैँ अन अर्थात कनेक्टेड रहन सक्षम बनाउनु रहेको एनसेनले जनाएको छ। केही प्याकहरुमा ग्राहकले जतिपनि कल गर्न मिल्ने अनलिमिटेड अल नेपाल टक टाइमको सेवा पाउँछन्। 

फोनमार्फत भिडियो स्ट्रिमिङ, सोसल मिडिया, म्यासेजिङका लागि होस् वा कार्यलयको कामका लागि होस्, ग्राहकहरुले आफ्नो आवश्यकताअनुसार सस्तो शुल्कमा महिना भरनै डिजिटल अनुभव लिएर सधैँ अनलाइन रहन यी प्याकहरुले मद्दत गर्ने कम्पनीले जनाएको छ। यी प्याकहरूलाई सजिलै एनसेल एपमार्फत वा एष्ट्रिक्स १२३ एष्ट्रिक्स ९ ह्यास डायल गरेर, वा नजिकको आधिकारिक एनसेलबाट लिन सक्छन्। 

एनसेलले प्याक नवीकरण अर्थात रिन्यूअल अप्रत्याशित नहोस् भनेर प्याक खरिदको प्रक्रियालाई ध्यानपूर्वक डिजाइन गरिएको कम्पनीले जनाएको छ। जसले गर्दा ग्राहकले रिन्यूअलको समय र मितिबारे अग्रिम जानकारी पाउँछन्। 

ग्राहकलाई नवीकरण हुने सेवा नचाहेमा रोक्न पनि सक्छन्। जसका लागि ग्राहकले एष्ट्रिक्स ९०० एष्ट्रिक्स ५ ह्यास डायल गरि वा एनसेल एपमार्फत रिन्यूअल प्याक डिएक्टिभेट गर्न सक्छन्। केही गरि प्याक अन्तर्गतका सेवाहरु ३० दिन अगावै सकिएको खण्डमा ग्राहकले आफ्नो आवश्यकता अनुसार सेवाका अन्य प्याकहरु खरिद गर्न सक्ने व्यवस्था गरिएको एनसेलले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad