कारोबार


दराज नेपालले ‘नववर्ष उत्सव २०८२’ ल्याउँदै, यस्ता छन् अफरहरू

दराज नेपालले ‘नववर्ष उत्सव २०८२’ ल्याउँदै, यस्ता छन् अफरहरू

नेपालखबर
चैत १७, २०८१ आइतबार १४:२४, काठमाडौँ

अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहुप्रतीक्षित ४.४ नववर्ष उत्सवको घोषणा गरेको छ।

४.४ सेल अप्रिल ४ (चैत २२, २०८१) बाट सुरु भई अप्रिल १३ (चैत ३१, २०८१) सम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ। 

सेलले नेपाली ग्राहकहरूलाई रोमाञ्चक किनमेलको नयाँ अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ।

यस उत्सवमा ७० प्रतिशतसम्म छुटसहितको आश्चर्यजनक फ्ल्याश सेल, १ करोड रुपैयाँबराबरको भौचर तथा निःशुल्क डेलिभरी सुविधा रहेको कम्पनीले उल्लेख गरेको छ। 

उत्सव अवधिभर, ग्राहकहरूले हरेक दिन फ्ल्याश सेलमार्फत विभिन्न क्याटेगरी तथा सेटाफिल, मसलब्लेज, एईवीबी, ह्रोटो, माइक्रोलाइफ, एक्स—एज, ब्ल्याकशार्क लगायत साझेदार ब्रान्डहरूमार्फत ७०% सम्मको छुटमा उत्पादनहरू किन्न पाउनेछ। 

सीमित अवधिका लागि मात्र उपलब्ध हुने यी अफरहरू हरेक दिन अपडेट गरिने भएकाले ग्राहकहरूलाई दराज एपको फ्ल्यास सेल सेक्सन विशेषरुपमा नियाल्दै मौकाको फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ। 

४.४ सेल अवधिभर डिजिटल पूर्वभुक्तानीमा दराजले उपभोक्ताहरुका लागि ७ सय ५० रुपैयाँसम्मको छुट सुविधा उपलब्ध गराउनेछ। 

यसका लागि नबिल बैंक, हिमालयन बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, नेपाल एसबीआई बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, तथा गरिमा विकास बैंक गरी नौ ओटा बैंकहरूसँग सहकार्य गरेको दराजले जनाएको छ। 

किनमेलका लागि यी बैंकहरूको क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले अधिकतम १५ प्रतिशत (रु. ७५० सम्म) छुट पनि प्राप्त गर्न सक्नेछन्। त्यसैगरी, डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले १० प्रतिशत (रु. ५०० सम्म) छुट प्राप्त गर्न सक्नेछन्। 

यसैगरी, ग्राहकहरूका लागि ४४ रुपैयाँ, ४४४ रुपैयाँ र ४ हजार ४४४ रुपैयाँको आकर्षक डिलहरू पनि उपलब्ध हुने दराजले विज्ञप्तिमार्फत जानकारी दिएको छ। 

साथै, ९९, ३९९, ९९९ र १ हजार ९९९ रुपैयाँको छुट श्रेणीमा पनि विभिन्न उत्पादनहरू खरिद गर्न पाउने कम्पनीले उल्लेख गरेको छ। 

४.४ नव वर्ष उत्सवको अवधिभर, कम्तीमा ५ हजार रुपैयाँबराबरको किनमेल गर्ने एक भाग्यशाली ग्राहकले २९ हजार ९९९ रुपैयाँबराबरको वानप्लस नर्ड सीईएस लाइट जित्ने अवसर पाउनेछन् । 

त्यसैगरी, चारजना भाग्यशाली ग्राहकहरूले १० हजार ३०० रुपैयाँबराबरको यासुदा पर्सनल एयर कुलर जित्ने अवसर प्राप्त गर्नुहुने कम्पनीले जानकारी दिएको छ। 

४.४ नव बर्ष उत्सवका अवसरमा ‘एड टु कार्ट एण्ड विन’ योजनाअन्तर्गत सेटाफिल, याजी, जीसीजी आइवेयर र उकुलेलेका ५ हजार रुपैयाँबराबरका गिफ्ट ह्याम्परहरू तीन जना भाग्यशाली ग्राहकहरूले जित्नेछन् भने एक जना ग्राहकले १२ हजार रुपैयाँबराबरको ग्लेन एयर फ्रायर प्राप्त गर्नेछन्। 

यस योजनामा सहभागी हुन ग्राहकहरूले चैत १७ देखि चैत २१ (मार्च ३० – अप्रिल ३) भित्र १० हजार रुपैयाँबराबरका सामानहरू कार्टमा राख्नुपर्नेछ। 

त्यस्तै, १ लाख रुपैयाँभन्दा बढीको किनमेल गर्ने ग्राहकहरूले १० हजार रुपैयाँसम्मको विशेष छुट भौचर प्राप्त गर्न सक्नेछन्। यो अवसर अप्रिल ४ को मध्यरातदेखि उपलब्ध हुने कम्पनीले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad