कारोबार


दराजको म्याडनेस क्याम्पेन भोलिदेखि, ६० प्रतिशतसम्म छुट सुविधा

दराजको म्याडनेस क्याम्पेन भोलिदेखि, ६० प्रतिशतसम्म छुट सुविधा

नेपालखबर
फागुन १८, २०८१ आइतबार १२:४१, काठमाडौँ

अनलाइन शपिङ साइट दराज नेपालले ३.३ मार्च म्याडनेस क्याम्पेन घोषणा गरेको छ। 

क्याम्पेनमा ग्राहकहरूले ६० प्रतिशतसम्मको छुट, निःशुल्क डेलिभरी र ५० लाख रुपैयाँ बराबरको भाउचरहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। 

भोलि सुरु भई यही फागुन २३ सम्म चल्ने यस क्याम्पेनले नेपाली ग्राहकहरूलाई किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ। 

क्याम्पेन अवधिभर दराजका ग्राहकहरूले फ्ल्यास सेलमार्फत दैनिक रूपमा आकर्षक छुटहरुको लाभ लिन सक्नेछन्। यसअन्तर्गत ग्राहकहरूले सिताफिल, अइविबी, डा. केयर लगायतका विभिन्न ब्रान्डहरूमा ६० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्। 

सीमित अवधिका लागि मात्र उपलब्ध हुने यी अफरहरू हरेक दिन अपडेट गरिने जानकारी कम्पनीले दिएको छ । तसर्थ, ग्राहकहरूलाई दराज एपको “फ्ल्याश सेल“ सेक्शन नियमित रूपमा जाँच गर्न कम्पनीले अनुरोध गरेको छ।

त्यसैगरी, बेस्ट प्राइस ग्यारेन्टी, बीपीजी कार्यक्रम अन्तर्गत ग्राहकहरूले थप आकर्षक अफरहरुको अनुभव प्राप्त गर्न सक्नेछन्। यस कार्यक्रम अन्तर्गत, यदि कुनै ग्राहकले नेपालकै अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन दराजमा दिइएको भन्दा सस्तो मूल्यमा फेला पार्छन् भने दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्ने जानकारी दिइएको छ। तर, यसका लागि दाबी योग्यता र मापदण्डअनुरूप हुनुपर्नेछ। 

कम्पनीका अनुसार ३.३ क्याम्पेनको अर्को प्रमुख आकर्षणका रुपमा निःशुल्क डेलिभरी सुविधा छ। यसअन्तर्गत ग्राहकहरूले कम्तीमा ४ सय ९९ रुपैयाँको खरिद गर्दा चुनिएका बिक्रेताहरू बाट निःशुल्क डेलिभरी सुविधा प्राप्त गर्नेछन्। निःशुल्क डेलिभरीका भाउचरहरू प्राप्त गर्न, दाराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी निर्धारित पृष्ठमा जान सक्नेछन्।

३.३ क्याम्पेन, केवल छुट र बचतका लागि मात्र नभई उपभोक्ताहरुलाई उत्कृष्ट अनलाइन किनमेल अनुभव प्रदान गर्ने उद्देश्यका साथ आयोजना गरिदै आइ रहेको कम्पनीको भनाइ  छ। क्याम्पेनअन्तर्गत स्वास्थ्य तथा सौन्दर्य, फेसन, अडियो तथा वेयरेवल्स, फर्निचर, घर सजावट र अन्य विविध उत्पादनहरूमा अविश्वसनीय अफरहरू उपलब्ध रहने जानकारी दिइएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad