कारोबार


अलिपे प्लसबाट स्मार्ट क्युआरमा भुक्तानी गर्न एससीटी र एनसीएचएलबीच सम्झौता

अलिपे प्लसबाट स्मार्ट क्युआरमा भुक्तानी गर्न एससीटी र एनसीएचएलबीच सम्झौता

फाइल तस्बिर


नेपालखबर
फागुन २, २०८१ शुक्रबार १६:२२, काठमाडौँ

भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र अर्को भुक्तानी प्रणाली सञ्चालक संस्था (एनसीएचएल) बीच अलिपे प्लसमार्फत स्मार्ट क्युआरका मार्चेन्टहरूलाई भुक्तानी सेवा सञ्चालन गर्न सम्झौता भएको छ।

अलिपे प्लसले चीन, फिलिपिन्स, मलेसिया, दक्षिण कोरिया, थाइल्यान्ड, इन्डोनेसियालगायतका राष्ट्रका इ–वालेट र मोबाइल बैंकिङमार्फत अन्तर्देशीय भुक्तानी सेवा दिँदै आएको छ।

यो सम्झौताले अलिपेका डेढ अर्ब बढी प्रयोगकर्ताहरूले स्मार्ट क्युआरमा आबद्ध मर्चेन्टलाई भुक्तानी गर्न पाउनेछन्।

क्यूआर कोडका लागि प्रचलित अन्तर्राष्ट्रिय मापदण्ड ईएमभी स्ट्यान्डर्ड पालना गर्दै नेपाल क्यूआर स्ट्यान्डर्डअन्तर्गत जारी हुने स्मार्ट क्यूआर नेपालको पहिलो इन्टरअपरेवल क्यूआर कोड हो।

देश तथा विदेशका ग्राहकहरूलाई मध्यनजर गरेर यो सम्झौता गरिएको एससीटी र एनएचसीएलले जनाएका छन्।

सम्झौतापछि स्मार्ट क्युआरका मर्चेन्टहरुलाई अन्तर्राष्ट्रिय भुक्तानी प्राप्त गर्न झनै सहज हुने विश्वास रहेको ती कम्पनीको भनाइ छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad