आइतबार र सोमबार दुई दिन लगातार घटेको नेप्से मंगलबार भने सामान्य अंकले बढेको छ।
मंगलबार नेप्से सूचक ६.५४ अंकले नेप्से बढेर २६८३.८६ अंकमा बन्द भएको हो।
सिक्लेस हाइड्रो, भगवती हाइड्रो र रसुवागढी हाइड्रोको मूल्यमा १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लागेको हो। यस्तै घट्नेमा भने आज ९८ वटा कम्पनी देखिएका छन्। जसमा भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको मूल्यमा १० प्रतिशतको गिरावटसँगै नकारात्मक सर्किट लागेको हो।
कारोबारमा भने आज सीईडीबी होल्डिङ अगाडि छ। यो कम्पनीको ३६ करोडमाथिको सेयर कारोबार भएको हो।
24
Shares

प्रतिक्रिया