हङकङ : शव भेटिएपछि बन्द डिज्नील्यान्डको मनोरञ्जन केन्द्र भोलिबाट खुल्ने

हङकङ : शव भेटिएपछि बन्द डिज्नील्यान्डको मनोरञ्जन केन्द्र भोलिबाट खुल्ने

१२ हेक्टर क्षेत्रफलमा फैलिएको यो कृत्रिम ताल हङकङ डिज्नील्यान्ड रिसोर्टबाट एक किलोमिटरको दूरीमा छ (एससीएमपी)


नेपालखबर
माघ १५, २०८१ मंगलबार १६:१, हङकङ

हङकङ डिज्नील्यान्डको स्वामित्वमा रहेको ‘इन्स्पिरेसन लेक रिक्रिएसन सेन्टर’ बुधबारबाट पुन: सञ्चालनमा आउने भएको छ। सेन्टरमा रहेको कृत्रिम तालनजिक बेवारिसे शव भेटिएपछि सोमबार अनिश्चितकालका लागि बन्द गरिएको  थियो।

प्रहरीले दुई दिन लगाएर गरेको अनुसन्धानपछि उक्त शव मुख्यभूमिका पुरुषको भएको खुल्न आएको छ।

जलेको अवस्थामा भेटिएको शव नजिकै लाइटरसमेत फेला पारेको प्रहरीले ती व्यक्तिले आत्महत्या गरेको हुन सक्ने निष्कर्ष निकालेको छ। मृतक व्यक्ति ३१ वर्षका रहेको पनि खुलेको छ।

‘प्रहरीले हाल यो घटनालाई आत्महत्याको रूपमा अनुसन्धान गरिरहेको छ,’ प्रहरीले मंगलबार भन्यो, ‘थप विवरण सङ्कलनका लागि मृतकका आफन्त र साथीभाइसँग पनि सम्पर्क भइरहेको छ।’
घटनाबारे सत्यतथ्य खोज्न प्रहरीले सीसीटीभी फुटेजको सहायता लिएको थियो।

‘हाम्रा कर्मचारीले गहन अनुसन्धान गरेका छन्। विभिन्न क्षेत्रका सीसीटीभी फुटेज समीक्षा गरेका छन्। व्यवसायी र पसलेहरूसँग सोधपुछ गरेका छन्,’ प्रहरीले भनेको छ, ‘प्रारम्भिक रूपमा हामीले मृतकलाई मुख्यभूमिका ३१ वर्षीय पुरुषको रूपमा पहिचान गरेका छौँ।’

प्रहरीका अनुसार, मृतक गएको मंगलबार दुईतर्फी यात्रा अनुमति पत्र प्रयोग गरेर हङकङ आएका थिए। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .