कारोबार


शाओमीको ह्यान्डहेल्ड गार्मेन्ट स्टिमर सार्वजनिक, मूल्य कति?

शाओमीको ह्यान्डहेल्ड गार्मेन्ट स्टिमर सार्वजनिक, मूल्य कति?

नेपालखबर
मंसिर १२, २०८१ बुधबार १६:४२, काठमाडौँ

शाओमीले नेपालमा आधुनिक जीवनशैलीलाई मध्यनजर गर्दै नयाँ ह्याण्डहेल्ड गार्मेन्ट स्टिमर सार्वजनिक गरेको छ। 

यो हलुका र कम्प्याक्ट डिभाइसले कपडालाई खुम्चिन नदिनुका साथै कपडालाई फ्रेस राख्न मद्दत गर्ने कम्पनीले जनाएको छ।

शाओमी नेपालका कन्ट्री म्यानेजर मनु मनस्वीले शाओमीको यस ह्यान्डहेल्ड गार्मेन्ट स्टिमरले दैनिक जीवनलाई अझ सजिलो र गुणस्तरीय बनाउन सहयोग गर्नेछ। 

उनले भने, ‘हल्का तौल, फोल्ड गर्न मिल्ने सुविधा र उन्नत स्टिमिङ प्रविधिले यस स्टीमरलाई कपडाको विशेष केयर गर्न चाहने जो कोहीको लागि उपयुक्त बनाउँछ।’

शाओमी ह्यान्डहेल्ड गार्मेन्ट स्टिमरको तौल केवल ७७० ग्राम रहेको छ। जसले गर्दा यसलाई लामो समयसम्म थकानविना नै प्रयोग गर्न सकिन्छ। यसको फोल्ड गर्न मिल्ने डिजाइनले यसलाई सानो झोलामा पनि सजिलै स्टोर गर्न सकिन्छ। यसले गर्दा यो स्टीमर घरमा मात्र नभई यात्राको क्रममा पनि उत्तिकै उपयोगी हुन्छ।

यो डिभाइसमा सेरामिक कोटेड डाइ–कास्ट एलुमिनियम प्यानल समावेश रहेको छ जसले गर्दा यो मात्र २६ सेकेन्डमै तात्छ र यसले स्थिर तापक्रम पनि प्रदान गर्दछ। यसको स्मूथ ग्लाइडिङ प्रविधिले खुम्चेको कपडालाई नबिगारी मिलाउँछ भने सेकेन्डरी भेपराइजेसन प्रविधिले पानीको दाग पनि हटाउँछ। सिल्क, सिन्थेटिक्स, लिनेन, नाइलन, ऊन र कपासजस्ता विभिन्न प्रकारका कपडामा प्रयोग गर्न मिल्ने यस गार्मेन्ट स्टिमरले बहुमुखी उपयोगिता प्रदान गर्दछ।

१६० एमएल पानी ट्याङ्कीले लामो समयसम्म काम गर्न सक्ने क्षमता प्रदान गर्दछ भने ३० किलोपास्कलको प्रेसराइज्ड स्टिम फ्लोले उच्च स्तरको परिणाम दिन्छ। खुम्चाई हटाउनका साथै यसले ९९.९९ प्रतिशत ब्याक्टेरिया र माइट्स हटाएर कपडालाई स्वच्छ र ताजा बनाउँछ।

शाओमी ह्यान्डहेल्ड गार्मेन्ट स्टिमरको मूल्य ४ हजार २९९ रुपैयाँ छ जुन नेपालभरका आधिकारिक शाओमीका आधिकारिक रिटेल स्टोरहरूमा उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad