ad ad

कारोबार


नथिङ बन्यो संसारकै ‘फास्टेस्ट ग्रोइङ’ स्मार्टफोन ब्रान्ड

नथिङ बन्यो संसारकै ‘फास्टेस्ट ग्रोइङ’ स्मार्टफोन ब्रान्ड

नेपालखबर
भदौ १३, २०८१ बिहिबार १७:५८, काठमाडौँ

युनिक डिजाइन, पावरफुल स्पेसिफिकेसन र परफरमेन्स सेन्ट्रीक इन्जिनियरिङ् गरिएको प्रिमियम स्मार्टफोन ब्रान्ड नथिङले आफ्नो पहिलो स्मार्टफोन लन्च गरेको दुई वर्षमै विश्व बजारमा हलचल मच्चाउन सफल भएको छ। 

सन् २०२२ मा पहिलो स्मार्टफोन नथिङ फोन वान लन्च गरेको नथिङले सन् २०२४ को पहिलो चौमासिकसम्म आइपुग्दा ६९३ प्रतिशतको वार्षिक वृद्धि हासिल गर्न सफल भएको हो। 

यो अप्रत्याशित वृद्धिदर हाँसिल हुनमा यसले विश्व बजारमा ल्याएको मिडरेन्ज स्मार्टफोन नथिङ फोन टु एको मुख्य भूमिका रहेको मार्केट रिसर्च फर्म क्यानालिसले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ। 

स्मार्ट फोन डिजाईन निक्कै बोरिङ भए यसलाई नयाँ डिजाइन ल्याङ्ग्वेजमा नयाँ तरिकाले रिडिजाईन गरिन आवश्यक छ भन्दै नथिङका संस्थापक कार्ल पेईले आफ्नो पहिलो स्मार्टफोन फोन वानलाई प्रिमियम लुक्स र डिजाइनमा विश्व बजारमा सन् २०२२ मा उतारेका थिए। 

आम उपभोक्ताले यसलाई अत्याधिक रुचाए। यो विश्व बजारको तत्कालीन फ्ल्यागसिप किलर बन्न सफल भयो। जसको दोस्रो संस्कर फोन टुप्रति उपभोक्ताको उस्तै उत्साहजनक प्रतिक्रिया रह्यो। जसले उत्साहित भएको नथिङले उही डिजाइन ल्याङ्ग्वेज र उही प्रिमियमनेसमा अझ एफोर्डेबल बनाउँदै नथिङ फोन टु ए विश्व बजारमा उतारेपछि नथिङ ठूला स्मार्टफोन उत्पादकलाई नथिङ ठूलो चुनौती बन्ने देखिएको हो। 

भारतजस्तो मूल्यमा ज्यादै संवेदनशील बजारमा नथिङ् फोन २ ए एकैदिनमा एक लाख युनिट विक्री गरेर रेकर्ड कायम गर्न सफल भयो। 

यता नेपाली बजारमा चौधरी समूह अन्तर्गतको सिजी मोबाइलले नथिङ नेपाली बजारमा दुई महिना अगाडी आधिकारीक रुपमा लन्च गरेको हो। चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीको प्रत्यक्ष संलग्नतामा नथिङ नेपाली बजारमा भित्रिएकोले यो ब्रान्डप्रति चौधरी समूहको लगाव र सम्भाव्यता बोकेको ब्राण्ड भएको प्रष्टै देखिन्छ। 

‘अन्तर्राष्ट्रिय बजारमा नथिङले जुन रफ्तारमा आफूलाई अगाडि बढाउन सफल भएको छ त्यही लयमा नेपाली बजारमा नथिङलाई अगाडि बढाउन हामी अग्रसर भईसकेका छौँ’, सीजी मोबाइलका महाप्रबन्धक विनय जोशी भन्छन्, ‘नथिङ एकातर्फ प्रिमियम ब्रान्ड हो भने अर्कातर्फ यो ज्यादै उपभोक्तामूखी छ। जसको उदाहरणको रुपमा यसको रिप्लेसमेन्ट पोलिसीलाई लिन सकिन्छ। वारेन्टीमा आएको समस्या होस् या फिजिकल ड्यामेज नथिङका स्मार्टफोन ग्राहकले रिप्लेसमेन्टमा नयाँ सेट पाउँछन्।’ 

नथिङ्ले स्मार्टफोनमा मात्र नभएर बड्मा समेत ७६९ प्रतिशतको वृद्धि हासिल गरेको हो। टाढैबाट डिजाइनमा अलग देखिने नथिङले आफ्नो दोस्रो ब्रान्ड सीएमएफ सन् २०२३ मा लन्च गरको थियो। प्रतिस्पर्धी बजारमा बढी उपभोक्ता माझ पुग्नका लागि प्रतिस्पर्धी मूल्यका स्मार्टफोन, बड्स् तथा स्मार्टवाच समेत सिएमएफले उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .