ad ad

समाज


क्रोएसिया र दुबई पठाइदिने बहानामा ठगी गरेको आरोपमा तीनजना पक्राउ

क्रोएसिया र दुबई पठाइदिने बहानामा ठगी गरेको आरोपमा तीनजना पक्राउ

नेपालखबर
भदौ १३, २०८१ बिहिबार १८:७, काठमाडौँ

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ घर भइ हाल  काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ माकलबारी  बस्ने वर्ष ४२ का शशी लामा (बिगो रकम रु ३ लाख ६५ हजार), कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ घर भई हाल काठमाडौंको रानीबारी बस्ने वर्ष ३२ को रोशनी विश्वकर्मा (बिगो रकम रु १ लाख २ हजार) र सिन्धुलीको कमलामाई नगरपालिका ७ घर भई हाल भक्तपुरको सूर्यविनायक–६ बस्ने वर्ष २५ को गणेश बहादुर श्रेष्ठ (बिगो रकम रु २ लाख १० हजार) रहेका छन्।

उनीहरूले बेरोजगार युवायुवतीह–लाई आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया र दुबई लगायतका देशहरूमा लैजाने भन्दै पीडितहरूलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ।

पीडितहरूले दिएको जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट विभिन्न मितिमा पक्राउ गरेको हो।

थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .