ad ad

कारोबार


पोस्टपेड ग्राहकलाई एनसेलको ‘बिज सधैँ अन’, डेटा सकिए पनि पैसा नकाट्ने

पोस्टपेड ग्राहकलाई एनसेलको ‘बिज सधैँ अन’, डेटा सकिए पनि पैसा नकाट्ने

एनसेलले पोस्टपेड सिम प्रयोगकर्तालाई नयाँ प्याकेज ल्याएको छ। तस्बिर : सरोज बैजु


नेपालखबर
असार २७, २०८१ बिहिबार १४:३३, काठमाडौँ

एनसेलले पोस्टपेड सिम प्रयोगकर्तालाई नयाँ प्याकेज ल्याएको छ।

२ महिनाअघि प्रिपेडका लागि ‘सधैँ अन’ योजना ल्याएको कम्पनीले व्यवसायीलाई लक्षित गर्दै नयाँ प्याकेज ‘बिज सधैँ अन’ ल्याएको हो।  

कम्पनीका अनुसार उद्योग, संघ, सस्था, ठूला, साना तथा मझौला व्यवसायहरुलाई लक्षित गरिएको नयाँ प्याकेजमा भ्वाइस, डाटा र एसएमएसको प्याकेज सुविधा लिन सकिन्छ। 

एनसेलका प्रमुख कार्यकारी तथा प्रबन्धनिर्देशक जाब्बोर कायुमोभले मे १५ मा कम्पनीले ल्याएको ‘सधैँ अन’ प्रोडक्ट सफल भएसँगै नयाँ प्रोडक्ट ल्याएको बताए।

उनले २ महिनाअघि सार्वजनिक गरेको प्रोडक्टमा १० लाख प्रयोगकर्ताले ‘सधैँ अन’ सेवा सुरु गरेको जानकारी दिए।  

योसँगै एनसेलले डाटा सकियो भने पनि मेन ब्यालेन्सबाट पैसा नकाट्ने भएको छ। 

बिज सधैं अनका ५ प्याकेज रहेका छन्। यसमा ३० दिनका लागि न्यूनतम ४९९ रुपैयाँ लाग्नेछ। यसमा १७ जीबी डेटा, ६०० मिनेट फोन र ६०० एसएमएस छन्।

उक्त डेटाबाट लाइनगेट प्लेबाट डिजिटल कन्टेन्टहरु जस्तै फिल्म, भिडिओ नि:शुल्क हेर्न सकिन्छ। त्यस्तै स्पेसल सीयूजी सर्भिस समेत दिन्छ। 

६४९ रुपैयाँमा ३० जीबी डाटा, अनलिमिटेड कल र ६५० एसएमएस गर्न पाउन सकिन्छ। ९९९ रुपैयाँको प्याकअन्तर्गत ग्रहाकले ६० जीबी डेटा, अनलिमिटेड कल, एक हजार लोकल एसएमएस पठाउन सकिन्छ।

१५ सय ९९ रुपैयाँको प्याकेज लिने ग्राहकले ८५ जीबी र १९ सय ४९को प्याकेज लिनेले ११०  जीबी डाटा, अनलिमिटेड फोन र एसएमएस प्रयोग गर्न पाउँछन्। 

प्रयोगकर्ताले लिएको प्लानअन्तर्गतको सेवाहरु सकिएमा ५ पैसा प्रतिएमबीमा वा १ जीबी डेटाको मात्रै ५० रुपैयाँमा बुस्टर प्याक खरिद गर्न सक्नेछन्। बुस्टर प्याकअन्तर्गत नै ग्राहकले ३० रुपैयाँमा १ जीबी डेटा वा ३० मिनेट फोन सुविधा पाउनेछन्।

नेपालमा एनसेलका ५ लाख बढी व्यावसायिक ग्राहक छन्।

सबै तस्बिर : सरोज बैजु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .